देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध छ : प्रवक्ता श्रेष्ठ
गोरखा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकार देशमा सुशासन र अमनचयन कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
नेकपा गोरखाको आरुघाट गाउँपालिका–१ र २ को संयुक्त आयोजनामा आज मान्बुमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेकपा नेतृत्वको सरकार शक्ति र पहुँचका आधारमा नभई कानूनी राज्यमा विश्वास गर्ने भएकाले कानूनको नजरमा सबैलाई समान हैसियतमा राखिने बताए ।
“अपराध गर्ने जोसुकै भए पनि सरकार कानूनी दायरामा ल्याउन प्रतिबद्ध छ भन्ने कुरा पछिल्लो घटनाक्रमले देखाएको छ”, उनले भने, “यसले अहिले नेपाली जनतामा कम्युनिष्ट सरकारप्रतिको विश्वास र भरोसा पनि बढाएकोे छ ।” बाह्र वर्ष पहिलेदेखि लुकेका आपराधिक घटनालाई समेत अनुसन्धानको दायरमा ल्याएर कम्युनिष्ट सरकारले अपराध गर्ने कसैलाई छुट दिँदैन भन्ने प्रमाणित गरेको प्रवक्ता श्रेष्ठको भनाइ थियो ।
उनले विकास निर्माणका काममा सरकारले गति बढाउन शुरु गरेको भन्दै नागढुङ्गा सुरुङ मार्गको शिलान्यास त्यसैको उदाहरण भएको उल्लेख गरे । सडक मार्गको विकासबाट ग्रामीण क्षेत्रको विकासको ढोका खुल्ने भएकाले देशलाई समृद्धिको दिशामा अघि बढाउन भौतिक पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको उनले बताए ।
“कम्युनिष्ट सरकारप्रति नेपाली जनताको बढी नै अपेक्षा छ, छिटो विकासले गति लियोस् भन्ने जनताको चाहना छ”, श्रेष्ठले भने, “सरकार पनि जनताको चाहनाअनुसार अघि बढ्न प्रतिबद्ध भएर लागिपरेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण