बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘बादशाह जुट’को कार्टुन पोस्टर किन ?

शुक्रबार, ०८ कात्तिक २०७६, १९ : ५६
शुक्रबार, ०८ कात्तिक २०७६

काठमाडौं– १५ कार्तिकबाट प्रदर्शनमा आउने फिल्म हो ‘बादशाह जुट’ । सुशील श्रेष्ठ र आमिर गौतमको मुख्य भूमिका रहेको फिल्मले कार्टुन पोस्टर सार्वजनिक गरेको छ । आफुलाई बादशाह ठान्ने दुई युवकको कथामा फिल्म बनेको हो । कार्टुन पोस्टरले पनि त्यही थिम देखाएको निर्माण युनिटले जनाएको छ ।

जोनी सिंह राणाको निर्देशन रहेको फिल्म एक्सन, कमेडी र प्रेमकथामा बनेको हो । फिल्ममा सुशील र आमिरको अलवा केइसा रावत, रोषी खड्का, रोविन तामाङ, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतको अभिनय रहेको छ ।

प्रियंका कार्कीले फिल्ममा अतिथि भूमिका निर्वाह गरेकी छन् । केही फरक शैलीले फिल्मको प्रचार गर्न काटुन पोष्टर समेत तयार गरिएको निर्देशक राणाले बताए । अभिषेक शशी कुमारको लेखन, राजु कार्कीको छायाँकन, राजकुमार उप्रेतीको द्धन्द्ध रहेको फिल्ममा कृष्ण भारद्वाज, कोसिस क्षेत्री, मोहित मुनालको संगीत छ । 

हर्कबहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)को लगानी रहेको फिल्म एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप