प्रतिपक्षलाई होच्याएर संसद् चल्न सक्दैन : राजेन्द्र पाण्डे
बिहीबार, ०३ जेठ २०८१, ११ : १०
काठमाडौँ । एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्षी दललाई जिस्क्याएर वा होच्याएर संसद् चल्न नसक्ने बताएका छन् । संसद्मा जारी गतिरोधबारे टिप्पणी गर्दै पाण्डेले सत्ता पक्षले विपक्षीको कुरा सुन्नुपर्ने बताएका हुन् ।
‘प्रमुख प्रतिपक्षलाई जिस्क्याएर, होच्याएर उसका कुरा नसुनेर संसद् चल्छ ?’, रातोपाटीसँग उनले भने, ‘विगतमा एमाले प्रतिपक्षमा हुँदा सुनुवाइ भएकै थियो । छानबिन समिति बनाएर जाँदा के बिग्रन्थ्यो ?’
यस्तै सत्ता शक्तिको बलमा आफ्नो पार्टी विभाजन गर्न असम्भव रहेको उनले बताए । बुधबार सम्पन्न केन्द्रीय समिति बैठकले महाधिवेशनको दस्ताबेजमा आएका सुझावलाई समेटेर पार्टीलाई थप व्यवस्थित बनाएर जाने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण