सुशासनमा जोड दिँदै शान्ति समाजले गणतन्त्र दिवस मनाउने
बिहीबार, ०३ जेठ २०८१, ११ : २०
काठमाडौँ । 'लोकतान्त्रिक गणतन्त्रः असललाई जिम्मेवारी खराबलाई दण्ड' भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले जेठ १५ गते १७ औँ गणतन्त्र दिवस मनाउने भएको छ ।
यसैगरी शान्ति समाजले जेठ १९ गते आफ्नो २९ औँ स्थापना दिवसका सन्दर्भमा सुशासनका लागि नागरिक समाजको हस्तक्षेप आवश्यक शिर्षकमा देशव्यापी नागरिक संवाद कार्यक्रम आयोजना गर्ने महासचिव रेनुका पौडेलले जानकारी दिइन् ।
साथै जेठ अन्तिम साता कर्णालीको उत्थानमा योगदान गर्न आग्रह विषयक पाँच वटा नागरिक संवाद कर्णाली प्रदेशमा आयोजना गर्नुका साथै कर्णाली प्रदेशका ८४ जना दलित समुदायका बालिकाहरुलाई दोस्रो वर्षको छात्रवृत्ति प्रदान गरिने उनको भनाइ छ ।
तत्पश्चात तराई मधेशको जीवनरेखा–हुलाकी मार्ग शीघ्र सम्पन्न गर्न ध्यानाकर्षण शीर्षकमा एक दर्जन जिल्लामा नागरिक संवाद कार्यक्रम हुने समाजले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण