संसद् बैठक अघि सभामुखले बोलाए प्रमुख सचेतकलाई छलफलमा
बिहीबार, ०३ जेठ २०८१, ११ : ०२
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक अघि दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् । संसद् भवन नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन् ।
संसदमा जारी गतिरोध अन्त्यका लागि कार्यव्यवस्था परामर्श समितिको बैठकअघि सहमति जुटाउन सभामुखले प्रयास थालेका हुन् । सभामुखले बोलाएको छलफल सुरु हुन लागेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले रातोपाटीलाई जानकारी दिए ।
आज ११ बजेका लागि बैठक बोलाए केही ढिलाइ हुने भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने अडान लिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण