आजका ‘देवकोटाहरू’
-डा. अच्युतशाली घिमिरे
साहित्यका सर्वश्रेष्ठ देवकोटा
उनकै पद्चाप पछ्याउँदै
आजका हज्जारौँ युवा
शब्दमा लाली चढाउँछन्
अनि साहित्यमा शृङ्गार थप्छन् ।
साउदीको जङ्गलमा भेडा चराउँदा होस् वा
बलात्कारका विरुद्ध माइतीघरमा उभिँदा होस्
हरेक उद्गारमा
हरेक अनुभूतिमा
देवकोटा झल्किरहन्छन्
घाँस दाउरा गर्न
वन जङ्गल चाहर्दा होस् वा
कखरा सिक्न
पाठशाला धाउँदा होस
देवकोटाका आदर्शले
हृदयस्पर्श गरिरहन्छ
उनको सभ्यताको चिनारीले
व्युझाइरहन्छ ।
गोधुलीमा
आफ्नो भविष्य खोज्न निस्किने यात्रीहरूमा,
मन्दिरमा आफ्नो
सपनाको आकार कुँद्ने आस्तिकहरुमा
देवकोटाका ध्वनिहरुले
प्रेरणा बोलिरहन्छ,
उनका कविता
आँसुभावहरुमा पग्लिरहन्छ ।
कृत्रिमताको सहरमा
प्रेम र श्रद्धाको शालिक बनेर
अनि
शून्यहृदयी आधुनिक मण्ड्कगणहरुमा
देवकोटा
साहित्य आकासको चम्किलो
नक्षेत्र बनेर
चम्किरहन्छन्,
समाज बदल्ने मसिहरुमा
उपमा बनेर उनी पोखिइरहन्छन् ।
मलाई गर्व छ
आजका ‘देवकोटाहरुमा’
म समाहित छु
खोलामा बिजुली देख्छु
हावामा अमृत देख्छु
हरियो वनमा नेपाली मन देख्छु
एउटै फूलबारीमा अनेक फूलहरु देख्छु
अनि आफैले आफैलाई प्रश्न गर्छु–
‘के नेपाल सानो छ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण