शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रमण वर्ष २०२० का लागि संघीय सरकार प्रदेश २ मा प्रचारप्रसारमा व्यस्त

बुधबार, १३ कात्तिक २०७६, ११ : ३०
बुधबार, १३ कात्तिक २०७६

जनकपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन प्रवर्द्धनका लागि प्रदेश सर्किट योजना अनुसार अघि बढ्नु पर्ने बताएका छन् ।

बुधबार जनकपुरमा पत्रकार भेटघाट कार्यक्रममा मन्त्री भट्टराईले एक प्रदेशलाई अर्को प्रदेशसँगको समन्वय र सहकार्यमा जोड्नुपर्ने आवश्यकता रहेको औल्याउँदै विभिन्न स्थललाई विभिन्न प्रदेशसँग जोड्ने गरी प्रदेश सर्किटको रुपमा जोड्न आवश्यक रहेको प्रष्ट्याए ।

उनले भ्रमण वर्ष २०२० भ्रमण वर्षको तयारीका लागि प्रचारप्रसारमा रहेका मन्त्री भट्टाईले थालनी मात्र रहेको वुधवार पत्रकार महासंघ धनुषा शाखा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले आगामी एक दशक सम्म भ्रमण वर्ष मनाउने रणनीति रहेको बताए । 

विभिन्न ठाउँबाट जनकपुरधामको भ्रमणमा आउने पर्यटकहरु यहाँको भ्रमण गरेर पुनः फर्किन नपरोस् सोको लागि विशेष तयारी गरेर पर्यटकहरुलाई आकर्षक र लोभ्याउने स्थललाई विशेष व्यवस्थित गर्नुपर्ने बताए । 

उनले सोको लागि पर्यटकलाई रोक्ने प्रकारको वातावरण बनाउनु पर्ने आवश्यकता औँल्याए । उनले भने, ‘जनकपुरधाम आउने पर्यटक यहाँको भ्रमण गरेर फर्किने गर्छन, तिनीहरुलाई रोक्नु पर्ने अवश्यकता छ । यहाँ आउने पर्यटकलाई छिन्मस्ता, गढिमाई, बारा, पर्सा, महोत्तरी लगायत विभिन्न ठाउँमा घुम्नु पर्यो।’ पर्यटकलाई रोकेर हुँदैन् तिनीहरुलाई यहाँ बस्ने प्रकारको वातावरण बनाउनु पर्ने मन्त्री भट्टराईले बताए । 
मन्त्री भट्टराईले जनकपुरधाममा निर्माणधिन अवस्थामा रहेको जनकपुर विमानस्थलको टर्मिनल भवनको काम २्३ महिनामा पुरा भएर सञ्चालनमा आउने बताए । 

त्यस्तै मन्त्री भट्टराईले मैथिलीका महाकवि विद्यापति मिथिलाका मात्रै नभई सम्पूर्ण देशको महाकवि रहेकोले उनको शालिक नेपालको विभन्न ठाउँमा आफ्नै कार्यकालमा निर्माण गर्ने बताए ।
उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्री रामनरेश रायले प्रदेश नम्बर २ मा संघीय सरकारले पर्यटन वर्ष मनाउन देखाएको तदारुकदा स्वागत योग्य रहेपनि यसको लागि हामीसंग प्राविधिक तयारी गर्न नसक्नुमा कमजोरी रहेको बताए ।
 उनले संघीय सरकारले मन्त्रालयका सचिवलाई स्थायीरुपमा बस्न नदिएकाले समस्या रहेको बताए । उनले प्रदेश २ मा पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना रहेपनि यसको लागि हामीसंग कर्मचारी नभएको गुनासो समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप