उम्मेदवार छान्न कांग्रेसलाई सकस
उपनिर्वाचनमा संघ र प्रदेशतर्फका उम्मेदवार तय गर्न प्रमुख प्रतिपक्ष कांग्रेसमा सकस भइरहेको छ । उम्मेदवारी दर्ताका लागि एक साता मात्र समय बाँकी रहेका बेला कांग्रेसले उम्मेदवारको टुंगो लगाउन सकेको छैन । उपनिर्वाचन मंसिर १४ गतेका लागि तोकिएको छ ।
निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । संघ र प्रदेश निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता २१ गतेका लागि तोकिएको छ । प्रतिनिधिसभाअन्तर्गत कास्की २ र प्रदेशसभामा भक्तपुर, बागलुङ र दाङमा एकएक निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदै छ ।
कांग्रेस क्षेत्रीय समितिले विधानविपरीत ठूलो संख्यामा आकांक्षीको नाम केन्द्रमा पठाएपछि उम्मेदवार चयनमा ढिलाइ भएको हो । कांग्रेस विधानमा प्रदेशसभा र प्रतिनिधिसभा उम्मेदवारका लागि प्रत्यक्षतर्पm बढीमा तीन जना र समानुपातिकतर्फ एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ ।
प्रतिनिधिसभातर्फ कास्की २ बाट १६ जना आकांक्षीको नाम केन्द्रमा पठाइएको छ भने प्रदेशसभा सदस्यतर्फ भक्तपुरबाट १० जना, बागलुङबाट ४ र दाङबाट ११ जनाको नाम सिफारिस गरिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण