अपाङ्गहरुको जीवनयापनमा सहजीकरण गर्न महानगर प्रतिबद्धः मेयर दाहाल
चितवन । भरतपुर महानगरपालिकी मेयर रेनु दाहालले महानगरपालिका सबै प्रकारका अपाङ्गहरुको जीवनयापनमा सहजीकरण गर्न प्रतिबद्ध रहेको बताएकी छिन् ।
आइतबार अपाङ्ग समाजको चितवनको २५ औं वार्षिक उत्सव तथा रजत जयन्तीको उपलक्षमा अपाङ्ग भएकाहरुलार्ई निःशुल्क ह्विलचियर तथा सहयोग सामग्री वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
भरतपुर महानगरपालिका अपाङ्गमैत्री महानगरपालिका निर्माणमा क्रियाशील रहेको बताउँदै कार्यक्रमकी प्रमुख अतिथि दाहालले अपाङ्ग समुदायको क्षेत्रमा सीप विकास, क्षमता विकास र सहज जीवनयापनमा सहयोग गर्न आवश्यक नीति निर्माण गरिसकेको बताइन् ।
उनले सो कार्यको लागि आवश्यक बजेटको व्यवस्था गरी कामहरु अगाडि बढाइरहेको बताइन् ।
भरतपुर महानगरपालिकाले अपाङ्गता परिचयपत्र वितरणको काम गत वर्षदेखि सुरु गरेको बताउँदै उनले आउँदा दिनहरुमा अझै व्यापक बनाउँदै लगिने बताइन् ।
भरतपुर महानरपालिका उपप्रमुख एवम् सामाजिक विकास समिति संयोजक पार्वती शाह ठकुरीले हुइलचियर, सेतोछडी तथा बैसाखी प्राप्त गर्नेहरुको जीवनयापन केही हदसम्म सहज हुने अपेक्षा राख्दै सहयोगी हातहरुलाई धन्यवाद दिइन् ।
राष्ट्रिय अपाङ्ग पुनःस्र्थापना समाजका उपाध्यक्ष सुधम भट्टराईले समाजले देशका सबै जिल्लाहरुमा हालसम्म ७२ हजारभन्दा बढी हुइलचियर, ट्राइसाइकललगायत सीपमुलक तालिम तथा सहयोग गर्ने गरेको बताउँदै दाताहरुको सहयोगबाट यस्तो सहयोग गरेको बताए ।
कार्यक्रममा चितवनका सातै स्थानीय तहका १०० अपाङ्ग तथा सहयोगीहरु सहभागी थिए भने सो अवसरमा ह्विलचियर ७० थान सेतो सडी सात, र बैसाखी १३ थान वितरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड र ओलीसँग सशङ्कित कांग्रेस, विश्वासको मतमा अवरोध गर्ने योजना
-
करार कर्मचारीलाई निकालेपछि ट्रेड युनियन कांग्रेस धादिङले गर्यो भर्त्सना
-
सबै दलको छलफलबाट राजनीतिक निकास आउँछ : मन्त्री अर्याल
-
इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति
-
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक
-
काठमाडौँ–तराई–मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु