प्रचण्डले ठाकुरसँग विश्वासको मत माग्दा मधेस सरकारबारे चर्चा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग विश्वासको मत मागेका छन् । प्रधानमन्त्री प्रचण्डले बिहीबार सिंहदरबारमा भएको छलफलमा जेठ ७ गते संसदमा विश्वासको मत लिन लागेको भन्दै ठाकुरसँग सहयोग मागेको महासचिव मनिष मिश्रले बताए ।
प्रधानमन्त्री प्रचण्डले अहिले देशको राजनीतिक कठिन अवस्थाबाट गुज्रिरहेकाले सबै मिलेर त्यसलाई समाधान गर्नुपर्ने आवश्यकता रहेको धारणा राख्दै आफूलाई विश्वासको मत दिन ठाकुरसँग आग्रह गरेका थिए ।
त्यसको जवाफमा अध्यक्ष ठाकुरले यस विषयमा पार्टीमा छलफल गरेर जवाफ दिने बताएको मिश्रको भनाइ छ । छलफलका क्रममा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ठाकुरबिच मधेश प्रदेश सरकारको विषयमा समेत चर्चा भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले मधेश प्रदेशमा लोसपाको नेतृत्वमा सरकार बनाउन आफू तयार रहेको तर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले त्यसमा ध्यान नदिएको धारणा गरेका थिए ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव स्वयंले उपचुनावसम्म मधेश प्रदेशको सरकार आफ्नो पार्टीको नेतृत्वमा रहन दिन आग्रह गरेको र चुनावपछि लोसपालाई दिने प्रतिवद्धता जनाएको उनको भनाइ थियो । तर, चुनाव सकिएपछि यादवले कुनै मतलब नै नराखेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।
लोसपाका अध्यक्ष ठाकुरले पनि बाराको उपचुनावपछि मधेस सरकार हेरफेर हुने र नेतृत्वका लागि लोसपालाई सहयोग गर्ने प्रतिवद्धता अध्यक्ष यादवले आफूसँग पनि गरेको तर पछि प्रतिबद्धताअनुसार केही प्रगति हुन नसकेको धारणा राखेका थिए ।
प्रधानमन्त्री प्रचण्डले मधेस प्रदेश सरकारका लागि लोसपालाई सहयोग गर्न आफू अझै धारणा राखेका बालुवाटार स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण