सहकारी ठगीको मुद्दा पेचिलो बनेपछि कांग्रेसले बोलायो संसदीय दलको बैठक
बिहीबार, ०३ जेठ २०८१, २० : १७
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दल र कार्यसमितिको बैठक बोलाएको छ । सहकारी ठगीमा छानबिन समिति गठनको विषय पेचिलो बनेपछि कांग्रेसले शुक्रबार बिहान साढे ८ बजे संसद् भवन परिसरमा बस्ने गरी दलको कार्यसमिति र ९ बजे दलको बैठक बोलाएको हो ।
कांग्रेसको अवरोधका बिच बिहीबार सदनमा सभामुख उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि प्रतिनिधिसभा बैठकमा मुठभेडको स्थिति आएको थियो । त्यसपछि प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो । तर कांग्रेसले त्यसअघि नै दलको बैठक बसेर बिहीबार संसदमा सिर्जना भएको मुठभेडबारे समीक्षा गरेर आगामी रणनीति बनाउने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण