मन्त्रीमण्डल १० सदस्यीय बन्दै, २ महिला राज्यमन्त्री बन्ने

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार विस्तार गर्दै १० सदस्यीय मन्त्रीमण्डल बनाउने भएका छन् । जसमा एमालेबाट मुख्यमन्त्रीसहित ६ र माओवादीबाट ४ जना सहभागी हुने भएका हुन् ।
स्रोतले दिएको जानकारी अनुसार एमालेबाट मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरूमा इलामका रामबहादुर मगर, झापाका एकराज कार्की, खोटाङका पाँचकर्ण राई र मोरङका लिलाबल्लभ अधिकारी मन्त्री हुनेछन् । उनीहरूमध्ये मगर यसअघि वैशाख २७ गते नै मन्त्री नियुक्त भइसकेका छन् भने कार्की, राई र अधिकारीसहित राज्यमन्त्रीमा भोजपुरकी सिर्जना राईलाई शुक्रबार नियुक्ति पछि शपथ गराउने तयारी भएको छ ।
यस्तै माओवादी केन्द्रबाट यसअघि मन्त्रीमा मोरङका गणेशप्रसाद उप्रेती मन्त्री नियुक्त भइसकेका छन् भने माओवादीबाट थप उदयपुरका नारायण बुर्जा मगर र संखुवासभाका राजेन्द्रकुमार कार्की मन्त्री तथा झापाकी बन्दना झाँगड राज्यमन्त्री बन्ने निश्चित भएको स्रोतको भनाइ छ ।
संविधानको धारा १६८ (५) अनुसार गत वैशाख २७ गते कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका बेला पनि कार्कीले एमालेबाट लिलाबल्लभ अधिकारी, एकराज कार्की र पाँचकर्ण राई मन्त्री तथा सिर्जना राईलाई राज्यमन्त्री बनाएका थिए । अहिले पनि उनीहरू दोहोरिने भएका हुन् ।
यस्तै माओवादीबाट मन्त्री बन्न लागेका राजेन्द्रकुमार कार्की र नारायण बुर्जा मगर यसअघि केदार कार्की नेतृत्वको सरकारमा मन्त्री थिए । माओवादीले राज्यमन्त्री बनाउन लागेकी झापाकी बन्दना झाँडगले भने पहिलो पटक उक्त जिम्मेवारी पाउने भएकी हुन् ।
यसैबिच कुन मन्त्रालयमा को मन्त्री पठाउने भन्ने विषयमा भने अझै टुंगो लाग्न सकेको छैन । उक्त विषयमा सहमति जुटाउन मुख्यमन्त्री कार्की र माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबिच अहिले पनि छलफल जारी छ ।
नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहणको लागि बेलुका साढे ४ बजेको समय निर्धारण गरिएको सरकारका प्रवक्ता तथा मन्त्री रामबहादुर मगरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म