निकुञ्ज घुम्ने विदेशी पर्यटक वृद्धि
चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म दुई लाख ७२ हजार नौ सय ४२ पर्यटकले निकुञ्ज क्षेत्र अवलोकन गरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार १० महिनामा एक लाख ६१ हजार आठ सय २७ नेपालीले भ्रमण गरेका छन् । जसमध्ये सार्क मुलुकका २६ हजार चार सय ६१ र तेस्रो मुलुकका ८४ हजार छ सय ५४ जना रहेका छन् ।
गत आवमा दुई लाख ९९ हजार चार सय १२ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका तिवारीले बताए । जसमध्ये तेस्रो देशका ५५ हजार आठ सय ७२ र सार्कका ३७ हजार नौ सय ३५ थिए । नेपालीको सङ्ख्या दुई लाख पाँच हजार छ सय पाँच थियो ।
“कोभिडपछि विदेशी पर्यटकको आगमनमा कमी आएको थियो । क्रमशः विदेशीको सङ्ख्या बढ्दै गएको छ । देशकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा चितवन राष्ट्रिय निकुञ्जलाई लिने गरिन्छ”, सूचना अधिकारी तिवारीले भने, “विदेशी पर्यटक सफारी पर्यटनका लागि यहाँ आउने गर्दछन् । दुर्लभ एक सिङ्गे गैँडा, पाटे बाघलगायत वन्यजन्तु, चराचुरुङ्गी, जलचर अवलोकनका लागि पर्यटक यहाँ आउने गर्दछन् ।”
भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रूपमा मनाइरहेको छ । निकुञ्जका केही प्रवेशद्वार महानगरतर्फ पनि छन् । महानगरले स्वदेश तथा विदेशमा समेत भ्रमण वर्षको प्रचारप्रसार गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण