बागमती प्रदेशसभाको दुईवटा समितिमा कांग्रेसका सांसदले गरे मनोनयन दर्ता
हेटौँडा । बागमती प्रदेशसभाको २ वटा समितिमा कांग्रेसका २ सांसदले मनोनयन दर्ता गरेका छन् । कांग्रेसका छिरिङ दोर्जे लामाले प्रदेश मामिला समितिमा मनोनयन दर्ता गरेका हुन् ।
उनले सांसद कुन्दनराज काफ्लेको प्रस्ताव र प्रभात तामाङको समर्थनमा मनोनयन दर्त गरेका हुन् । सांसद लामा काठमाडौँ क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित सांसद हुन् । त्यस्तै कांग्रेसका सांसद श्रीराम लामिछानेले प्रदेशसभाको सार्वजनिक लेखा समितिमा मनोनयन दर्ता गरेका छन् ।
लामिछानेले सांसद कुमार तामाङको प्रस्ताव र माया श्रेष्ठको समर्थनमा मनोनयन दर्ता गरेका हुन् । सांसद लामिछाने काठमाडौँ क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित सांसद हुन् ।
प्रदेशसभा सचिवालयले निर्धारण गरेको संसदिय समिति सभापति निर्वाचन कार्यक्रम अन्तर्गत आज (शुक्रबार) दिउँसो ३ बजेदेखि ५ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम तय गरेको थियो भने सो समयमा दुई सांसदले सभापतिका लागि मनोनयन दर्ता गरेका हुन् ।
सचिवालयले उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे प्रकाशन गर्ने छ भने निर्वाचनको कार्यक्रम शनिबार दिउँसोका लागि तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण