बागमती प्रदेशसभाको दुईवटा समितिमा कांग्रेसका सांसदले गरे मनोनयन दर्ता

हेटौँडा । बागमती प्रदेशसभाको २ वटा समितिमा कांग्रेसका २ सांसदले मनोनयन दर्ता गरेका छन् । कांग्रेसका छिरिङ दोर्जे लामाले प्रदेश मामिला समितिमा मनोनयन दर्ता गरेका हुन् ।
उनले सांसद कुन्दनराज काफ्लेको प्रस्ताव र प्रभात तामाङको समर्थनमा मनोनयन दर्त गरेका हुन् । सांसद लामा काठमाडौँ क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित सांसद हुन् । त्यस्तै कांग्रेसका सांसद श्रीराम लामिछानेले प्रदेशसभाको सार्वजनिक लेखा समितिमा मनोनयन दर्ता गरेका छन् ।
लामिछानेले सांसद कुमार तामाङको प्रस्ताव र माया श्रेष्ठको समर्थनमा मनोनयन दर्ता गरेका हुन् । सांसद लामिछाने काठमाडौँ क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित सांसद हुन् ।
प्रदेशसभा सचिवालयले निर्धारण गरेको संसदिय समिति सभापति निर्वाचन कार्यक्रम अन्तर्गत आज (शुक्रबार) दिउँसो ३ बजेदेखि ५ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम तय गरेको थियो भने सो समयमा दुई सांसदले सभापतिका लागि मनोनयन दर्ता गरेका हुन् ।
सचिवालयले उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे प्रकाशन गर्ने छ भने निर्वाचनको कार्यक्रम शनिबार दिउँसोका लागि तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत