युनिभर्सल मेडिकल कलेज शुल्क आन्दोलन: बिहिबारदेखी विद्यार्थीहरुको धर्ना जारी
बुटवल– रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज यस क्षेत्रका बिरामीहरुका लागी राम्रो उपचार गर्ने अस्पताल मानिन्छ । पाँच नम्बर प्रदेशका विभिन्न जिल्लाबाट आउने विरामीहरुको उपचारसँगै चिकित्सकहरु समेत उत्पादन गरिरहेको यो संस्थामा बिहिबारदेखी भने उपचारसँगै आन्दोलन पनि देखिन्छ । सेतो एप्रोन कोटमा सजिएका विद्यार्थीहरु मुखमा सेतो मेडिकल मास्क लगाएर भैरहवास्थित युनिभर्सल मेडिकल कलेजको मुख्य गेटमा लस्करै बसेका छन् । उनीहरु हातमा नाराहरु लेखिएका पम्प्लेट र कालो ब्यानरसहित बिहिवारदेखि आन्दोलित छन् ।
कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने मागसहित उनिहरु आन्दोलित भएका हुन् । दस दिनअघि चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) उनीहरुले कलेजले बढी शुल्क लिएको भन्दै निवेदन दर्ता गरेका थिए । आइओएममा निवेदन दिएको दस दिन बित्दा पनि कलेज प्रशासनले पैसा फिर्ता गर्न चासो नदेखाएपछि आन्दोलनमा उत्रिनुपरेको उनीहरुले बताएका छन् ।
बुधबार चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दसहितका विद्यार्थी नेता आएर विद्यार्थीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए । बिहिबार विद्यार्थीहरुले प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई भेटेर सरकारले गरेको निर्णय लागू गराउन दबाब दिएका थिए । आगामी नोभेम्बर ६ देखि चिकित्सकशास्त्र प्रथम बर्षको बोर्ड परीक्षा समेत सुरुहुँदैछ तर परीक्षाको प्रवाह नगरी विद्यार्थीहरु आन्दोलित बनेको चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता नरेश भट्टले जानकारी दिए ।
कलेज प्रशासनले कलेज बाहिरका विद्यार्थी ल्याएको भन्दै विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको जानकारी दिएको छ । चिकित्सा शिक्षा संघर्ष समितिका विद्यार्थीहरु पनि युनिभर्सलका विद्यार्थीलाई साथ दिन त्यहाँ पुगेका थिए । कलेजका प्रशासन अधिकृत राजु बस्नेतले विद्यार्थीहरु कलेजको आन्तरिक मागका बारेमा छलफलको लागि तयार रहेको बताए ।
कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङ्गले विद्यार्थीका मागबारे छलफल गर्न कलेज प्रशासन तयार रहेको बताए । शुक्रबार प्रहरीले कलेजभित्रे पसेर विद्यार्थीमाथि हातपात गरेको थियो । आज पनि विद्यार्थीहरुले कलेजको मुख्य प्रवेश द्वारमा बसेर धर्ना दिएका छन् । अघिकृत गुरुङ्गले रातोपाटीसँग भने, ‘उहाँहरुका मागका बिषयमा बसेर छलफल गर्न सकिन्छ तर औपचारिक रुपमा लिखित माग हामीकहाँ आएको छैन् ।’
शिक्षा मन्त्रालयले विद्यार्थी र कलेज सञ्चालकबीच सहमति गराएर एक महिनाभित्र शुल्क फिर्ता गर्न आह्वान गरेपनि कुनै कलेजले शुल्क फिर्ता गरेका छैनन् । जसका कारण देशका विभिन्न कलेजमा आन्दोलन शुरु भएको छ ।
यसअघि चितवन मेडिकल कलेज र गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले पनि सोही माग पुरा हुनेपर्ने भन्दै आन्दोलन गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण