सरकार जनताको जीवन फेर्ने अभियानमा छ : प्रवक्ता श्रेष्ठ
झापा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार जनताको जीवन फेर्ने र विकास गर्ने अभियानमा जुटेको बताएका छन् ।
नेकपा झापाको प्रचार विभागले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जनतासँग पार्टीले गरेका बाचा र जनाकांक्षा पूरा गर्ने अभियानमा सरकार जुटेको बताए।
उनले भने, “राजनीतिक क्रान्तिलाई समृद्धिसँग जोड्ने काम भइरहेको छ ।” सरकार सञ्चालनका दुई वर्षमा धेरै काम भएका उल्लेख गर्दै उनले केही कमीकमजोरी भए त्यसलाई सुधार्दै लगिने बताए । उनले भने, “दुई वर्षको अवधिमा धेरै काम भएका छन्, अझ धेरै गर्न बाँकी छन्, केही कमीकमजोरी भएका होलान्, त्यसलाई सुधार्नुपर्छ ।”
जनताले समृद्ध नेपाल बनाउने मूल जिम्मेवारी नेकपालाई दिएकाले सरकार सञ्चालनलाई नयाँ नेपाल बनाउने अभिभाराका रुपमा बुझ्नुपर्ने बताए ।
मुलुकमा विदेशी हस्तक्षेप हुन नदिइने बताउँदै उनले नेपालका बारेमा नेपालीले नै सोच्नुपर्ने उल्लेख गरे । मुलुक सङ्घीय प्रणालीमा गएको र नयाँ प्रणालीमा जाँदा केही असहज परिस्थिति सिर्जना भएको उनको भनाइ थियो । पार्टी एकताका सन्दर्भमा प्रवक्ता श्रेष्ठले साङ्गठनिक संरचना एकीकरण चाँडै सम्पन्न हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण