महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित
बेइजिङ । आफूले उडाइरहेको विमानको ककपिटमा एक महिला यात्रु बसिरहेको एउटा तस्वीर भाइरल हुन पुगेपछि एकजना चिनियाँ पाइलटमाथि विमान उडाउन प्रतिबन्ध लगाइएको छ ।
चिनियाँ सरकारी समाचार निकाय सिन्ह्वाले गत जनवरीमा गुइलिन शहरबाट एयर गुइलिन उडानमा याँगझोउ शहरतर्फ उड्ने क्रममा सो तस्वीर लिइएको खुलासा गरेको छ तर यसै सातामात्र उक्त तस्वीर सामाजिक सन्जालमार्फत भाइरल हुन थालेपछि एयरलाइन्स पाइलटलाई कारबाही गर्न बाध्य भएको बताइएको छ ।
तस्वीरमा ककपिटमा पोज दिएर बसेकी ती परिचय नखुलाइएकी महिलाको छेउमा खानपिनका सामानहरु राखिएको देखिन्छ । एयर गुइलिनले एक औपचारिक विज्ञप्तिमार्फत पाइलटले उडानका दौरान सुरक्षा नीति, नियम उल्लंघन गरेको तथ्य स्विकारेको छ ।
आफ्नो औंलाले ‘भि’ संकेत दिएर तस्वीरका लागि पोज दिएकी ती महिलाले क्याप्सनमा लेखेकी छिन्, ‘धन्यावाद क्याप्टेन । धेरै खुसी लागेको छ ।’
यो खबर नेपाल समाचारपत्रले एजेन्सीको सहयोगमा अनुवाद गरेर प्रकाशित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेकिङमा हराएका दुई पर्यटकको उद्धार, हेलिकप्टरबाट काठमाडौँ पठाइयो
-
सम्बन्धविच्छेदपछि फिल्ममा पुनरागमन गर्दैछिन् इशा देओल
-
मुम्बई होर्डिङ घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो, ७५ जना घाइते
-
इन्डोनेसियामा स्याटलाइट इन्टरनेट लन्च गर्दै मस्कको स्टारलिंक
-
सी र पुटिनको भेटवार्तामा के–के कुराकानी भयो ?
-
भरतपुरमा पूर्वाधार विकाससँगै कृषि क्षेत्रमा पनि उल्लेखीय सुधार भएको छ : दाहाल