दाङ क्षेत्र नम्बर ३ ‘ख’ मा नेकपा र काँग्रेस उम्मेदवारले गराए मनोनयन दर्ता
बुटवल । दाङ क्षेत्र नम्बर ३ ‘ख’ मा हुन लागेको प्रदेससभा सदस्यको उपनिर्वाचनका लागि दलहरुले मनोनयन दर्ता गराएका छन् ।
नेकपा उम्मेदवार विमला वली र नेपाली कांग्रेसका केशव शर्मा आचार्यले मनोनयनपत्र दर्ता गराएका छन् ।
वलीको मनोनयन दर्ता कार्यक्रममा नेकपा प्रदेश इन्चार्ज शंकर पोखरेल, प्रदेश अध्यक्ष ओनसरी घर्ति, राष्ट्रियसभा सदस्य कोमल वलीलगायत नेताहरु नेता तथा कार्यकर्ता सहभागी थिए ।
जुलुस सहित निर्वाचन अधिकृतको कार्यालय पुगी मनोनयन दर्ता गराइएको हो । ओलीको प्रस्तावकमा सोभाराम बस्नेत र समर्थकमा एम।एन। शाह रहेका छन् ।
यस्तै नेपाली काँग्रेस उम्मेदवार आचार्यको प्रस्तावकमा कांग्रेस जिल्ला सचिव शंकर डाँगी र समर्थकमा क्षेत्रीय सभापति जगत बहादुर खड्का रहेका छन् ।
घोराहीस्थित कांग्रेसको पार्टी कार्यालयबाट पार्टीका नेता कार्यकर्ताहरुको र्याली सहिद गेट हुँदै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराइएको थियो ।
दाङ क्षेत्रनम्बर ३ ‘ख’बाट प्रदेशसभामा निर्वाचित नेकपाका उत्तर कुमार ओलीको निधन भएपछि सो क्षेत्रमा १४ मंसिरमा उपनिर्वाचन हुन लागेको हो । अन्य साना दलहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण