भक्तपुरमा उपनिर्वाचन : २१ उम्मेदवारको मनोनय दर्ता
भक्तपुर– मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका लागि भक्तपुर–१ (क) प्रदेशसभा निर्वाचनका लागि २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा ११ राजनीतिक दल र १० जना स्वतन्त्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
निर्वाचन आयोगद्वारा तोकिएको कार्यतालिका अन्तर्गत बिहीबार उम्मेदवार मनोनयनपत्र दर्ता भएको हो । सत्तारुढ नेकपा, प्रतिपक्षी नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी, राप्रपा, राप्रपा संयुक्त, समाजवादी पार्टी, नेकपा माले, साझा पार्टी, नेपाली काँग्रेस (वीपी, आमूल परिर्वतन पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आफ्ना उम्मेदरको मनोनयन दर्ता गरेका हुन् ।
जसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट देवीप्रसाद ढकाल (डीपी), नेपाली काँग्रेसबाट कृष्णलाल भडेँल, नेपाल मजदुर किसान पार्टीबाट निरज लवजु, राप्रपा (संयुक्त)बाट रामशरण लामिछाने र राप्रपाबाट श्याम प्रसाद नेपाल उम्मेदवार रहेका छन् ।
त्यसगरि समाजवादी पार्टीबाट सुदर्शनकुमार मुनकर्मी, नेकपा मालेबाट सुदर्शन लामिछाने, साझा पार्टीबाट सुरज प्रधान, नेपाली काँग्रेस (बीपी)बाट मधुसुदन न्यौपाने, आमुल परिर्वतन मसिहा पार्टीबाट डिल्लीप्रसाद चौलागाई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङ्मार लामा रहेका छन् ।
त्यसैगरि स्वतन्त्र उम्मेदवारहरुमा कृष्णप्रसाद ह्युगो, अर्जुन कोजु, जीवन नेपाली, कष्णराम पोतामाह, उत्तम साखकर्मी, राकेश सुवाल, सुमना कार्की, जीवनचन्द अधिकारी, संगीता पौडेल आर्चाय, सुजता देउजा रहेका छन् ।
भक्तपुर क्षेत्र नम्वर १ (क) (चाँगुनारायण नगरपालिकाका सबै वडा र भक्तपुर नगरपालिका वडानम्बर १०) मा उप निर्वाचन हुँदैछ । यो प्रदेशको निर्वाचन क्षेत्रमा ४५ हजार ३६ जना मतदाता रहेका छन् । निर्वाचन आयोगले १८ साउनभित्र दर्ता भइसकेका मतदाताले मात्रै उपनिर्वाचनमा मतदात गर्न पाउने जनाएको छ । सो क्षेत्रमा २१ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख घमचन्द्र तिम्सिनाले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माग थाती राख्दै सुनचाँदी व्यवसायीले खोले पसल
-
४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि
-
गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै नाट्य प्रज्ञा प्रतिष्ठान
-
इरानमाथि आक्रमण गर्ने योजनालाई ट्रम्पले अनुमोदन गरेका हुन् ?
-
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा
-
बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’