विवाहकै दिन मनपर्ने सुपरस्टारको फिल्म रिलिज हुने थाहा पाएपछि यी दुलहाले यतिसम्म गरे
सुपरस्टार मामुट्टीले आफ्नो फिल्ममार्फत् दक्षिणी सिनेमामा निकै नाम कमाएका छन् । उनको फिल्मको क्रेज अत्यधिक देख्न पाइन्छ । मामुट्टीको फिल्म हेर्नका लागि प्रशंसकले आफ्नो विवाहको मिति नै परिवर्तन गरेको खुलासा भएको छ । वास्तवमा मामुट्टीका यी प्रशंसकले उनको फिल्म जहिले पनि पहिलो दिनको पहिलो शोमा हेर्ने गर्दथे । र यसपटक पनि यसो गर्न उनले आफ्नो विवाहको मिति नै परिवर्तन गरेका छन् ।
भारतीय मिडिया रिपोर्टले दाबी गरे अनुसार जब केरलका मेमन नामका एक प्रशंसकलाई उनलाई मनपर्ने स्टार मामुट्टीको नयाँ फिल्म ममंगम आफ्नो विवाहको दिन अर्थात् २१ नोभेम्बरमा रिलिज हुँदै छ भनेर थाहा भयो तब उनले विवाहको मिति अघि सारेर अक्टोबर ३० मा विवाह गरे र आफ्नी नयाँ दुलहीसँग मामुट्टीको फिल्म हेर्न गए ।
स्मरण रहोस्, मामुट्टीको फिल्म ममंगम यसै महिना २१ तारिखमा मलयालम, तमिल, तेलुगू र हिन्दीमा रिलिज हुने निश्चित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण