कविता : कालापानी
-दिल थापा
कालापानी घरछेउको बारी भए पो लाग्थ्यो मायाँ
लिपुलेक बेँसी गोठछेउको खरबारी भएको भए पो लाग्थ्यो मायाँ
काली नदी काठमाडौँलाई भेट्न बगेको भए पो लाग्थ्यो मायाँ
लिम्पियाधुरा राजधानीको पाउले टेकेको भए पो मायाँ
सुस्ता नम्बरी घडेरी भएको भए पो लाग्थ्यो मायाँ
सुस्ता ओएलानी जग्गा भएपछि के लाग्थ्यो मायाँ
जङ्गे पिल्लर घरको धुरी भएको भए पो लाग्थ्यो मायाँ
कालापानीको माटो धानको मुरी भएको भए पो लाग्थ्यो मायाँ
जङ्गे पिल्लर घरको पालीको कुम खाँबो भएको भए पो लाग्थ्यो मायाँ
दशकौँदेखि यसरी सुस्ताइ रहेको छ सुस्ता
अझै कतिऔँ दशक सुस्ताई रहनुपर्ने हो सुस्ता
सीमा स्तम्भहरु रातारात गायब भए भनेर सुन्नुपर्छ बिहान उठ्दा ।
यसरी डसिरहेको छ देशलाई
विस्तारवादी गोमन सर्पले
यस्तो दुखिरहेको होला देशको सीमानालाई
त्यो डसाइको दुखाइ कम हुन्न राजधानीको हर्षले
आफ्नै शरीरको अङ्ग हराएजस्तो लाग्छ
देशको सीमा स्तम्भहरु हराउँदा
आफ्नै शिर झुकेजस्तो लाग्छ
विस्तारवादको झन्डा आफ्नो माटोमा फहराउँदा ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण