शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

मंसिर १३ मा पुग्यो ‘लभ यु हमेशा’

आइतबार, २४ कात्तिक २०७६, १४ : २२
आइतबार, २४ कात्तिक २०७६

काठमाडौं । प्रेमकथामा निर्माण भएको फिल्म ‘लभ यु हमेशा’ मंसिर १३ बाट प्रदर्शनमा आउने भएको छ । कार्तिक २२ अर्थात गत शुक्रबार रिलिजमा आउने भनिएको यो फिल्म वितरकका कारणले सरेको हो ।

वितरक रिच इन्टरटेनमेन्टका प्रमुख करण श्रेष्ठले ‘घामड शेरे’ र ‘जीवन काँडा की फूल’ प्रदर्शनका लागि सहज बनाउन लभ यु हमेशा मंसिर १३ मा पुर्याइएको बताए ।

भारतको दार्जिलिङ, सिलगुढी लगायतका केही स्थानमा भने यो फिल्म कात्तिक १५ गतेबाट रिलिज भएको निर्माण युनिटले जनाएको छ । फिल्मलाई भास्कर प्रधानले निर्देशन गरेका हुन् । फिल्मको निर्माता यवन गुरुङ हुन् । 

निर्देशक प्रधानकै लेखन रहेको फिल्ममा यशराज गरच, ऋचा थापा, फिजा योञ्जन,गोपाल ढकाल (छन्दे), शिसिर राणा,करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,सल्देन तामाङ, प्रमिला राईलगायतका कलाकारले अभिनय छ ।

भारतको कालेबुङ, सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्मको छायाँकार शिव ढकाल हुन् । मिलन गुरुङ सहनिर्माता रहेको फिल्ममा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप