डा. केसीको अनशनबारे प्रधानमन्त्रीलाई गगनको मेन्सन
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता गगन थापाले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको अनशनप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
चिकित्सा शिक्षा सुधारका मागसहित कात्तिक १८ देखि सुदूरपश्चिमको डडेलधुराबाट १७ औँ अनशन थालेको डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै छ । डा. केसीका माग सम्बोधनका लागि सरकारले अहिलेसम्म कुनै कदम नचालेपछि आइतबार पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका नेता थापाले प्रधानमन्त्रीलाई डा. केसीको अनशनको बारेमा चिच्याएर भनौं भन्दै प्रश्न गरेका हुन् ।
उनले ट्विटमार्फत प्रधानमन्त्री केपीशर्मा ओलीलाई मेन्सन गर्दै डा. केसीका माग अविलम्ब सम्बोधन गरेर जीवन रक्षा गरे ।
थापाले ट्विटमा लेखेका छन्, ‘डा. केसीको संघर्ष न उहाँको लागि हो न उहाँको आफन्तका लागि १ यो संघर्ष तपाईं हाम्रा लागि हो, आम नेपालीको गुणस्तरीय स्वास्थ्यका लागि हो। सत्याग्रहलाई बेवास्ता गरिरहनुभएको प्रधानमन्त्रीलाई डा.केसीको अनशनको बारेमा चिच्याएर भनौँ ? डा.केसीको माग अविलम्ब सम्बोधन गर र उनको जीवन रक्षा गर ।’
नेता थापाले डा. केसीको आन्दोलनमा सुरुवातदेखि नै समर्थन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमानले जङ्गली जनावरका लागि राखेको पासोमा श्रीमती परेपछि...
-
साउनदेखि खुला गरिँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र उद्धार सवारीको परीक्षण सफल
-
पूर्व डीआईजी ठकुरीको निधन
-
मन्त्री फेर्ने हल्लाबिच रास्वपाको पदाधिकारीमा क–कसको छ चर्चा ?
-
इक्वेडरलाई सजिलै हराउँदै सह-आयोजक मेक्सिको अन्तिम १६ मा
-
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण