रुपन्देहीको तिलोत्तमामा १५ शैयाको अस्पताल बन्ने
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ सालघारीस्थित आनन्दवन स्वास्थ्य चौकी १५ शैयाको अस्पतालका रुपमा स्तरोन्नति हुने भएको छ ।
स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नतिका लागि वडा नम्बर ६ र तिलोत्तमा नगरपालिकाले निर्णय गरी स्वास्थ्य मन्त्रालयको योजना महाशाखामा फाइल पठाइसकेका छन् ।
स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्न रुपन्देही २ का प्रतिनिधि सभा सदस्य एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले समेत प्रतिवद्धता जनाएका छन् ।
पौडेलले आज स्वास्थ्य चौकीको स्थलगत निरीक्षण गरी अस्पताल बनाउन आफूले सम्बन्धित मन्त्रालयमा पहल गर्ने भन्दै ढुक्क बन्न आग्रह गरे ।
‘आनन्दवन स्वास्थ्य चौकी अब १५ शैयाको अस्पताल बन्छ, तपाईँहरु ढुक्क हुनुस्’–पौडेलले भने –‘यसका लागि मैले सरकार र मन्त्रालयमा कुरा पु¥याउँछु ।’
सांसद पौडेलले खोलामुनि चट्टान परेकाले रोकिएको गोरकट्टा–मोतिपुर पुल अब शुरु हुने र तिनाउ दानव कोरिडोर सडक पनि बन्ने क्रममा रहेको बताए ।
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले हरेक वडामा कम्तिमा एउटा स्वास्थ्य संस्था पु¥याउने नगरपालिकाको नीति रहेको बताए ।
स्वास्थ्य चौकीको १० कठ््ठा जग्गा रहेकाले अस्पतालमा स्तरोन्नतिका लागि पहल गरिएको चौकीका प्रमुख ज्ञानप्रसाद पौड्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण