सुरु भयो लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन
बुटवल । बुद्धजन्मस्थल लुम्बिनीमा बिहीबारदेखि अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु भएको छ ।
अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा प्रदेश पाँच सरकार, शाही थाइ मन्दिर र लुम्बिनी विकास कोषको सहकार्यमा त्रिपिटक वाचन गरिएको हो ।
अन्तर्राष्ट्रिय जगत्मा बुद्ध जन्मस्थलको थप प्रचारप्रसार गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले त्रिपिटक बाचन गरिएको हो ।
विगत १६ वर्षदेखि भारतको बोधगयामा हुँदै आएको पाठ अघिल्लो वर्षबाट बुद्ध जन्मस्थल लुम्बिनी सुरु गरिएको आयोजक संस्था अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले बताए।
त्रिपिटकको उद्घाटन गर्दै प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी विश्व शान्तिको मुहान भएको बताए ।
पोखरेलले त्रिपिटक वाचनले विश्व जगतमा शान्ति, सद्भाव र भातृत्वको सन्देश जाने बताए ।
भगवान बुद्धद्वारा निर्देशित उपदेश त्रिपिटक सामूहिक रुपमा तीन दिनसम्म पाठ गरिने छ ।
त्रिपिटक वाचनमा नेपाल, भारत, श्रीलंका, म्यानमार, कम्बोडिया, थाइल्याण्ड, चीन, कोरिया, जापान लगायत २५ देशका एक हजार बौद्ध भिक्षुको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण