फेरि नेकपाले जिते जनता सन्तुष्ट रहेछन् भनेर बुझ्नुपर्छः प्रदीप पौडेल
भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारप्रतिको असन्तुष्टि पोख्न पनि मतदाताहरुले नेपाली कांग्रेसलाई भोट दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
मंगलवार भक्तपुरको ताथलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले नेकपा नेतृत्वको सरकारबाट गलत गतिविधि भइरहेको दाबी गर्दै त्यसबाट जनता आजित भएको सन्देश दिन मतदाताहरु समक्ष आग्रह गरे ।
अब पनि नेकपाले जितेको खण्डमा दुई तिहाइको सरकारबाट जनता सन्तुष्ट रहेछन् भन्ने सन्देश जाने भन्दै उनले वर्तमान सरकारका गलत गतिविधिलाई रोक्ने कि अनुमोदन गर्ने भन्ने गहन जिम्मेवारी मतदाताको काँधमा आएको बताए ।
नेता पौडेलले विवेक प्रयोग गर्दै आफ्नो मताधिकार प्रयोग गर्न पनि आग्रह गरे ।
बेरोजगारी, महंगी, भ्रष्टाचार, असुरक्षा लगायतका समस्याबाट जनता आजित भएको भन्दै पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान काँग्रेसको विकल्प नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण