सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजनामा गोबिन्द बहादुरले जिते एक लाख
काठमाडौं– सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस २०७६ ‘न यति न उति सिधै लखपति’ उपहार योजना अन्तर्गत बागलुङ निवासी हाल जापानमा कार्यरत गोबिन्द बहादुर थापाले एक लाख जित्न सफल भएका छन् ।
लक्की ड्रमार्फत उपभोक्ताहरुले दैनिक दुई सयको मोबाइल टप अप १० जनाले जित्न सक्ने्, त्यसैगरी साप्ताहिक रुपमा एक जना विजेताले १० हजार र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनाले एक लाख जित्न सक्ने र उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप १० लाख जित्न सक्ने घोषणा भएको थियो । यो अफर असोज १ गते देखि मंसिर ३० गते सम्म लागू हुनेछ ।
यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ६३० जनाले दुई सयको मोबाइल टप अप, साप्ताहिक रुपमा आठ जना विजेताले १० हजार जितिसकेका छन् ।
ती सबै उपहारहरु विद्युतीय लक्की ड्रमार्फत विजेता छनौट गरिएको थियो । हालै गरिएको उपहार घोषणा अन्तर्गत जापानबाट पैसा पठाई पहिलो (असोज) महिनाको एक लाखको मासिक लक्की ड्रमा परी बागलुङ निवासी हाल जापानमा कार्यरत गोबिन्द बहादुर थापा विजेता घोषित भए ।
सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार कम्पनीमा आयोजित समारोह बिच गोबिन्द बहादुर थापाकी छोरी सिर्जना थापालाई हस्तान्तरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीका कारण रोकियो छानबिन समितिको टीओआर, कार्यदलमा यसरी भयो सहमतिको खोजी
-
गोरखामा भेनस अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
-
हैदराबादलाई सजिलै हराउँदै कोलकाता फाइनलमा
-
जेठ ११ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित
-
सत्तामा नहुँदा कांग्रेस पानीबाट निकालेको माछाजस्तै भट्याक भट्याक गर्दैछ : ओली
-
सिरोहियालाई जनकपुर लगियो, बुधबार म्याद थप गरिने