डीपी अर्यालको सम्पत्ति : १२ ठाउँमा जग्गा, १५० तोला सुन (विवरणसहित)

काठमाडौँ । धादिङ स्थायी ठेगाना भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद (डीपी) अर्यालसँग करोडौँको चलअचल सम्पत्ति रहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार अर्यालकी श्रीमती अम्बिका केसीको नाममा काठमाडौँमा करिब ३ करोड मूल्य बराबरको घर रहेको छ ।
यस्तै उनको र अम्बिका केसीको नाममा १२ ठाउँमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । धादिङको गजुरी, काठमाडौँको नागार्जुन र लमजुङको राइनासमा उनीको जग्गा रहेको हो । उक्त जग्गा व्यापार र निजी कमाइबाट आर्जन गरिएको सम्पत्ति विवरणमा उल्लेख छ ।
यस्तै अर्यालसँग १५० तोला सुन, १०० तोला चाँदी र हिरा १० तोला रहेको छ । सबै सुनचाँदी र हिरा व्यापारबाट आर्जन गरिएको सम्पत्ति विवरणमा उल्लेख छ ।
यस्तै अर्यालको विभिन्न बैंकमा नगद मौज्दात, सेयर र गाडी सम्पत्ति विवरणमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टरले भेटे गृहमन्त्री
-
रवीन्द्र मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा
-
प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई उपेक्षा, कुन प्रदेशको बजेट कस्तो ?
-
तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार
-
बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँ: सांसद यादव
-
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो