राष्ट्रपतिलाई गगनको प्रश्न : तपाईं राष्ट्र प्रमुख कि नेकपाको प्रमुख ?
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्र प्रमुख कि नेकपाको प्रमुख भन्दै प्रश्न गरेका छन् ।
बुधबार बिहान नेकपाको बैठकले दुई अध्यक्षबीचको कार्यविभाजन र मन्त्रीमण्डल पुनर्गठनबारे छलफल गर्नुअघि प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेको विषयप्रति इंकित गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।
नेता थापाले आफ्नो ट्वीटर ह्यान्डलमा लेखेका छन्, ‘यस्तै हो भने राष्ट्रपतिज्यूलाई ‘तपाईं राष्ट्र प्रमुख कि नेकपाको प्रमुख’ भनेर किन नसोध्ने ? संविधानतः राष्ट्रप्रमुखलाई पार्टी राजनीति गर्ने अधिकार छैन।’
प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै उनले थप लेखेका छन्, ‘गणतन्त्र ल्याउन नचाहनेहरुले नत गणतन्त्रमा राष्ट्रपति संस्था हो भनेर कहिल्यै बुझ्न चाहे न त त्यो संस्थाको गरिमा राख्न नै ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमानले जङ्गली जनावरका लागि राखेको पासोमा श्रीमती परेपछि...
-
साउनदेखि खुला गरिँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र उद्धार सवारीको परीक्षण सफल
-
पूर्व डीआईजी ठकुरीको निधन
-
मन्त्री फेर्ने हल्लाबिच रास्वपाको पदाधिकारीमा क–कसको छ चर्चा ?
-
इक्वेडरलाई सजिलै हराउँदै सह-आयोजक मेक्सिको अन्तिम १६ मा
-
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण