उपनिर्वाचन: भक्तपुरमा राप्रपा (संयुक्त)को काँग्रेस उम्मेदवारलाई समर्थन
भक्तपुर । मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ (क) मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले नेपाली काँग्रेसका उम्मेदवारलाई सघाउने भएको छ । उपनिर्वाचनमा राप्रपा संयुक्तको उम्मेदवार नभएपछि काँग्रेसलाई समर्थन गर्ने घोषणा गरिएको हो ।
नेपाली काँग्रेस र राप्रपा संयुक्तले आज कमलविनायकमा आयोजना गरेको कार्यगत एकता घोषणासभामा राप्रपा संयुक्तले आफ्नो पार्टीको सम्पूर्ण भोट काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई दिने गरी कार्यगत एकताको घोषणा गरेको हो । कार्यक्रममा राप्रपा संयुक्तका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाह, दिनेश श्रेष्ठ, रामेश्वर थापा र भक्तपुरका अध्यक्ष रामशरण लामिछानेले राप्रपाको सबै भोट नेपाली काँग्रेसका उम्मेदवारलाई हाल्ने गरी समर्थन गर्दै कार्यगत एकता गरेको घोषणा गरे ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य सीता गुरुङ, काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, जिल्ला सभापति दुर्लभ थापा र क्षेत्रीय सभापति जीवन खत्रीले राप्रपाको मतलाई समर्थन गर्दै चुनावमा मात्रै नभई विकासमा समेत अब कार्यगत एकता गर्दै जाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण