उपनिर्वाचन: भक्तपुरमा राप्रपा (संयुक्त)को काँग्रेस उम्मेदवारलाई समर्थन

भक्तपुर । मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ (क) मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले नेपाली काँग्रेसका उम्मेदवारलाई सघाउने भएको छ । उपनिर्वाचनमा राप्रपा संयुक्तको उम्मेदवार नभएपछि काँग्रेसलाई समर्थन गर्ने घोषणा गरिएको हो ।
नेपाली काँग्रेस र राप्रपा संयुक्तले आज कमलविनायकमा आयोजना गरेको कार्यगत एकता घोषणासभामा राप्रपा संयुक्तले आफ्नो पार्टीको सम्पूर्ण भोट काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई दिने गरी कार्यगत एकताको घोषणा गरेको हो । कार्यक्रममा राप्रपा संयुक्तका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाह, दिनेश श्रेष्ठ, रामेश्वर थापा र भक्तपुरका अध्यक्ष रामशरण लामिछानेले राप्रपाको सबै भोट नेपाली काँग्रेसका उम्मेदवारलाई हाल्ने गरी समर्थन गर्दै कार्यगत एकता गरेको घोषणा गरे ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य सीता गुरुङ, काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, जिल्ला सभापति दुर्लभ थापा र क्षेत्रीय सभापति जीवन खत्रीले राप्रपाको मतलाई समर्थन गर्दै चुनावमा मात्रै नभई विकासमा समेत अब कार्यगत एकता गर्दै जाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा एक व्यक्तिले मानिसहरूलाई आगो लगाउँदा धेरैजना घाइते
-
युक्रेनद्वारा रुसमा अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण
-
करण जोहरको फिल्मका छायाकारमाथि शोषण र यौन दुर्व्यवहारको आरोप
-
नेपाल र भुटानका झन्डासहित नाचे पिट्सबर्गमा दर्शक
-
आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्द
-
पश्चिमी र स्थानीयसहित मनसुनी वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना