भारतको संसदमा गान्धीको नेतृत्वमा प्रदर्शन
सोमबार, ०९ मङ्सिर २०७६, १६ : ४८
एजेन्सी। भारतीय राष्ट्रिय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा सोमबार भारतको संसदमा प्रदर्शन गरिएको छ । महाराष्ट्रमा सरकार बनाउने विषयमा धोका भएको भन्दै काँग्रेसका नेता तथा सांसदहरुले प्रदर्शन गरेका हुन् । काँग्रेसका नेताहरुले ‘लोकतन्त्रको हत्या बन्द गर’ भनेर नारा लगाएका थिए । संसद बैठक सुरु हुनासाथ उनीहरुले नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको थियो ।
भारतको लोकसभा र राष्ट्रियसभा दुवैमा काँग्रेस नेता तथा सांसदहरुले प्रदर्शन गरेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । महाराष्ट्रमा हालै भएको निर्वाचनपछि काँग्रेस र शिव सेनाले सरकार बनाउने तयारी गरेपनि अर्को पक्षलाई साथमा लिएर भारतीय जनता पार्टीले नै सरकार बनाएपछि काँग्रेस रिसाएको हो । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाद्वारा होन्डुरस पराजित
-
पोखरामा चोरी गर्दागर्दै काभ्रेका युवक रङ्गेहात पक्राउ
-
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
-
कास्कीमा प्रहरीको ‘स्वीप अप्रेसन’, ४० सवारी साधन कारबाहीमा
-
न्याय पाउने आशासहित मातृभूमि फर्किएको छु : धुर्मुस
-
रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण