भक्तपुरमा पञ्चदान पर्व मनाइयो
भक्तपुर –भक्तपुर नगरभित्रका विभिन्न पाँच टोलमा रहेका दिपंकर बुद्धलाई पुजा तथा दान दिएर पञ्चदान पर्व मनाईएको छ ।
नेपाल संम्वत ५१२ देखि मनाउन थालेको किम्ंवदन्ती रहेको पञ्चदान पर्वमा बौद्धधर्मावलम्वीहरुले पाँच दिपंकरहरुलाई बिहारबाट निकाली नगरका विभिन्न टोलमा दान दिने र ग्रहण गर्ने परम्परा रहेको छ ।
यो दिनमा विशेष गरेर दीपंकर बुद्धलाई पूजा गर्ने र यहाँको परम्परागत विहारहरुमा भिक्षु भईसकेका शाक्य वज्राचार्यहरुलाई स–सम्मानका स्वागत सत्कार गरी दान आदान प्रदान गरिन्छ ।
६ सय वर्ष अगाडीदेखि मनाउने गरिएको यो पर्व अन्यत्रभन्दा भक्तपुरमा फरक ढंगले मनाइने गरिन्छ । बौद्धधर्ममा यो पर्व बुद्ध बोधिसत्वहरुको पूजा गर्ने र बुद्धधर्ममा दीक्षित भएका संघ सदस्यहरुलाई दान प्रदान गर्ने पर्वसंग सम्बन्धित छ ।
यो पर्व गुँला महिना (श्रावण महिना) मा पहिलो पटक श्रावणशुक्ल अष्टमीको दिन पाटनमा मनाईन्छ । दोश्रो पटक भाद्र कृष्ण त्रयोदशी काठमाडौ, भक्तपुर, बनेपा, ठिमी, पनौती, कीर्तिपुर आदि ठाउँहरुमा मनाईन्छ ।
नेपालमा यो पञ्चदान पर्वको इतिहास र परम्परालाई हेर्दा यो नेपालको आफ्नै मौलिक संस्कृति र परम्परा रहेको स्पष्ट छ । यो पर्वको समयमा धान गर्नाल पुण्य मिल्ने, धनसम्पति प्राप्त हुने जनविश्वास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण