उपनिर्वाचन प्रदेशतर्फः भक्तपुरमा काँग्रेसको फराकिलो अग्रता, दाङमा मतगणना सुरु, बागलुङमा ढिलाइ
आइतबार, १५ मङ्सिर २०७६, ०९ : २६
काठमाडौँ । शनिबार सम्पन्न उपनिर्वाचन अन्तर्गत प्रदेशसभातर्फ भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भडेलले अग्रता फराकिलो बनाएका छन् । उनले करीब २२ हजार मत गन्दा २४ सय ३६ मतको अग्रता बनाएका छन् ।
उनले १०३९५ मत ल्याउँदा नेकपा उम्मेदवार डिपी ढकालले ७ हजार ९५९ मत ल्याएका छन् । यस्तै मजदूत किसान पार्टीका निरज लवजूले २२ सय ४७ मत ल्याएका छन् ।
यस्तै दाङ प्रदेशसभा क्षेत्र नम्बर ३ (ख)मा मतगणना सुरु भएको छ । यस्तै बागलुङ २ (ख)मा भने ढिलाइ भएको छ । मतपेटिका संकलनका क्रममा रहेकाले केही ढिलाइ हुन पुगेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण