मोरङको धनपालथान गाउँपालिका–२ मा काँग्रेस विजयी
आइतबार, १५ मङ्सिर २०७६, ११ : १५
मोरङको धनपालथान गाउँपालिका–२ मा वडाध्यक्षको निर्वाचनमा नेपाली काँग्रेस विजयी भएको छ ।
नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका नारायणप्रसाद साहले एक हजार ७०१ मत प्राप्त गरेका छन् छ भने निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पङ्कज मण्डलले एक हजार ४९७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।