धरान उपमहानगरपालिका : नेपाली काँग्रेसका उम्मेदवारको २६ सय मतको अग्रता
सोमबार, १६ मङ्सिर २०७६, ०६ : २४
धरान उपमहानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई जीत नजिक पुगेका छन् । पछिल्लो मतपरिणाम अनुसार राईले आफ्ना निकटतम प्रतिद्वन्द्वीमाथि २६ सयभन्दा बढी मतको अन्तर बनाउन सफल भएका छन् ।
सोमबार बिहानको ताजा मतपरिणामअनुसार ५३ हजार ५१५ मत गनिसक्दा नेपाली काँग्रेसका तिलक राईले २५ हजार ९९५ मत प्राप्त गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार प्रकाश राईले २३ हजार ३९३ मत ल्याएका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बर बहादुर लिम्बुले १ हजार १२६ मत ल्याउँदा समाजवादी पार्टीका गजेन्द्र बहादुर लिम्बुले ७ सय ३५ मत ल्याएका छन् ।
यसअघि, धरानमा नेकपाका उम्मेदवार तारा सुब्बा विजयी भएका थिए ।
काँग्रेसले यसअघिको निर्वाचन परिणाम उल्टाउँदै भक्तपुर १ (क) मा जीत हासिल गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण