फुटबलमा नेपालको शानदार सुरुवात : भुटानविरुद्ध गोलवर्षा
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलमा मंगलबार नेपालले शानदार सुरुवात गरेको छ ।
नेपालले आफ्नो पहिलो खेलमै भुटानलाई फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको हो ।
नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको हो ।
कप्तान सुजल श्रेष्ठको उत्कृष्ट प्रदर्शनमा नेपालले भुटानमाथि लगातार दबाब बनाएको थियो । नेपालको जितमा कप्तान श्रेष्ठले दुई गोल गरे ।

खेलको पाचौँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका उनले ५० औं मिनेटमा दोस्रो गोल गर्दै टिमलाई सुरक्षित अवस्थामा पु¥याएका थिए ।
६५ औँ मिनेटमा अभिशेष रिजालले तेस्रो गोल गरे । ७७ औँ मिनेटमा मिक्चेन तामाङले फ्रिकिकमार्फत आकर्षक गोल गर्दै नेपालको जित सुनिश्चित गरेको हो ।

जारी प्रतियोगितामा भुटानले यसअघि बङ्गलादेशलाई पराजित गरेको थियो ।
प्रतियोगितामा भुटानले दुई खेलबाट तीन अंक जोडेको छ भने नेपालले पहिलो खेलबाटै तीन अंक बटुलेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण