मलेसियन दूतावासद्वारा ३१ हजार कामदारको माग प्रमाणीकरण

काठमाडौं । मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले पछिल्लो दुई महिनाको अवधिमा ३१ हजार बढी कामदारको माग प्रमाणीकरण गरेको छ । दूतावासले गत असोज तेस्रो सातादेखि यही मङ्सिर १४ गतेसम्मको अवधिमा ३१ हजार २०१ श्रमिक माग भएको ९६३ मागपत्र प्रमाणीकरण गरी वैदेशिक रोजगार विभागमा सिफारिश गरेको हो ।
नेपाल र मलेसिया सरकारबीच भएको कामदारको नियुक्ति, रोजगारी तथा घरफिर्तीसम्बन्धी समझदारीअनुसार मलेसिया सरकारको आधिकारिक निकायबाट प्रमाणीकरण भई आएका मागपत्र अभिलेखीकरण गरी विभागमा सिफारिश गरिएको दूतावासले जनाएको छ ।
औद्योगिक क्षेत्रका १७ हजार ११६, सेवा क्षेत्र (सुरक्षा गार्डसहित) १० हजार १८३, कृषि क्षेत्र एक हजार ४७५, ‘प्लान्टेसन’ एक हजार ३९७ र निर्माण क्षेत्रमा माग भएका एक हजार ३० श्रमिकको मागपत्र प्रमाणीकरण गरिएको दूतावासले जनाएको छ । मागपत्रको प्रमाणीकरणलाई सरल,पारदर्शी र चुस्त बनाइएको दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सान फ्रान्सिस्कोबाट मुम्बई आइरहेको एयर इन्डियाको उडानमा खराबी, कोलकातामा ओरालियो यात्रु
-
काठमाडौँ महानगरमा मनसुन अवधिभर सडक तथा फुटपाथ खन्न रोक
-
मानिसहरूले तुरुन्तै तेहरान छोड्नुपर्छ: ट्रम्प
-
उपकुलपति छनोट : खुला प्रतिस्पर्धा कि सोझै सिफारिस ?
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
‘काठमाडौँ फेसन वीक’सँग जोडियो नेक्स्ट मोडल्स नेपाल