दाङबाट बिजेता विमलालाई प्रदेशसभामा सपथ ग्रहण
बुधबार, १८ मङ्सिर २०७६, १७ : २५
बुटवल । दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको प्रदेशसभा सदस्य उपनिर्वाचनमा निवाचित विमला कुमारी खत्री वलीले सपथ ग्रहण गरेकी छन् ।
बुधबार प्रदेश ५ प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले वलीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
प्रदेश सभा सदस्य उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको प्रदेश सभा सदस्य पदमा उनकै श्रीमती विमला कुमारी खत्रीलाई नेकपाले उमेदवार बनाएको थियो ।
उपनिर्वाचनमा २४ हजार २ सय ८६ मत ल्याउँदै वली प्रदेश सभा सदस्यमा निवाचित भएकी हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार केशवराज आचार्यलाई ५ हजार १ सय ४ मत अन्तरले पराजित गरेकी थिइन् । सपथग्रहण कार्यक्रममा नेकपा सचेत भुमीश्वर ढकाल तथा अन्य बिभिन्न दलका नेताहरु सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण