सरकार जनताको सेवक बन्नुपर्छः माधव नेपाल
बुटवल । ११ औँ कपिलवस्तु महोत्सवको बिहीबारदेखि सुरु भएको छ ।
महोत्सवको एक समारोहकाबीच पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै नेता नेपालले हालै सम्पन्न उपनिर्वाचनको परिणामले सरकार र नेकपा पार्टीलाई सच्चिनुपर्ने सन्देश दिएको धारणा राखे ।
उपनिर्वाचनको नतिजा नेकपाको लागि सन्तोषजनक नभएको र परिणामले सरकारको गतिविधि जनहित अनुकूल नभएको संकेत गर्ने उनको भनाइ थियो । उनले नेकपा समयमै सच्चिएर जनतासँग हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै सरकारले पनि जनताको सेवक भएको प्रत्याभूति दिनुपर्ने बताए ।
त्यस्तै महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै पनिवर्तमान कृषिमन्त्री चक्रापणि खनाल बलदेवले मन्त्री हुँदा आफूले खसी बोका तथा धूलो दुध आयातमा रोक लगाएको बताउँदै कपिलवस्तु जिल्लामा कृषिसँग सम्बन्धित विभिन्न पूर्वाधारहरु अगाडि बढेको तर पर्याप्त नभएको बताए ।
त्यस्तै पूर्वराजदुत दीपकुमार उपाध्यायले दलीय विवाद गर्ने समय अब नभएको भन्दै सबै मिलेर विगतका गल्ती कमजोरी र चुकेका विषयलाई आत्मसाथ गर्दे विकासका लागि अगाडि बढ्नुपर्ने बताए ।
आजदेखि सुरु भएको ११ औँ कपिलवस्तु महोत्सव पौष १ गते सम्म संचालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण