सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कुस्ति खेल प्रतियोगिताः श्रीलंका र बंगलादेशबीच पहिलो खेल हुँदै

शुक्रबार, २० मङ्सिर २०७६, १८ : ४६
शुक्रबार, २० मङ्सिर २०७६

जनकपुर ।  १३ औँ दक्षिण एशियाली खेलकुद सागअन्तर्गत जनकपुरधाममा हुने खेल उदघाटन गरिएको छ ।  प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले दीप प्रज्वलन गरी १३औ साग खेल अन्तर्गत जनकपुरमा हुने खेलको मिथिला सांस्कृतिक कार्यक्रमकाबीच उदघाटन गरेका हुन् । मुख्यमन्त्री राउतले प्रदेश दुईमा पहिलो पटक हुन गइरहेको साग अन्तर्गत कुस्ति खेलका लागि आएका नेपाली टोलीसहित पाँचै देशका खेलाडीहरुलाई स्वागत गरेका थिए ।  

प्रतियोगिताको उदघाटन कार्यक्रममा नेपाली सेनाको टोली तथा जनकपुरधामको मिथिला नाट्य कला परिरषदले सांस्कृतिक नृत्य प्रस्तुत गरेको थियो । यसैबीच आजै ४ स्वर्णका लागि कुस्ती प्रतियोगिता हुने भएको छ । जनकपुरधाममा हुने कुस्ती प्रतियोगिताको पहिलो श्रीलंका र बंगलादेशबीच हुँदैछ । 

जनकपुरधाममा हुने कुल २० स्वर्ण पदकका लागि ५ देशले प्रतियोगितामा सहभागिता जनाएको छ । कुस्ति नेपालसहित भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशले सहभागिता जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप