स्वर्णिम खुसियाली : दर्शकले दिए खेलाडीलाई राष्ट्रिय झण्डा उपहार
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकूद (साग) को पुरुषतर्फको फुटबल फाइनलमा नेपालले भुटानलाई २–१ ले हरायो । मंगलबार दशरथ रंगशालामा सम्पन्न भएको निकै रोमाञ्चक खेलमा सुरुवाती अग्रता नेपालले लियो ।
नेपालका लागि खेलको खेलको १६ औं मिनेटमा नेपालका अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि दवावमा देखिएको भुटान ३६ औं मिनेट भने खेलमा फर्कियो । भुटानका लागि छेन्जो ग्याल्जेनले जवाफी गोल फर्काएका हुन् ।

उनको गोलसँगै पहिलो हाफमा बराबरी भएपनि दोस्रो हाफको आठौँ मिनेटमा सुनिल बलले गोल गर्दै नेपाललाई २–१ को अवस्थामा पुर्याए । त्यसपछि दुबै तर्फबाट गोल हुन नसकेपछि नेपाल विजयी भयो ।

दर्शकले खचाखच भरिएको रङ्गशालामा नेपालको पक्षमा चर्को हुटिङ भएको थियो । दर्शकलाई धन्यवाद दिँदै रङ्गशाला परिक्रमा गरेका खेलाडीलाई दर्शकहरुले सुखीयालीमा नेपालको राष्ट्रिय झण्डा उपहार दिएका थिए ।



























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण