२७ वर्षदेखि फरार अभियुक्तसहित २ जना पक्राउ
रौतहट । प्रहरीले एकजना फरार अभियुक्तलाई २७ बर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराको टोलीले कोेल्हवी नगरपालिका ९ का सकल चौधरीका ५४ वर्षीय छोरा हरिन्द्र चौधरीलाई पक्राउ गरेको हो । चौधरीसहित थप १ जना फरार सूचिमा रहेका अभियुक्तलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी रञ्जितसिंह राठौरले बताएका छन् ।
जिल्ला वन कार्यालय रौतहटको इजलासले २०४९ जेठ २६ गते खयर काठ चोरी निकासीमा चौधरीलाई दोषी ठहर गर्दै एकबर्ष कैद र करिब ६ हजार रुपैयाँ जरिवानाको पैmसला गरेको थियो ।
त्यस्तै काठ चोरी निकासी मुद्धामा दोषी ठहर भई बारा जिल्ला अदालतबाट २०७३ असार ९ गते १ वर्ष कैद र ५ हजार७ सय ८९ जरिवाना तोकिएपछि फरार कलैया उपमहानगरपालिका २ का चन्दर महतोका छोरा हरेराम महतो पनि पक्राउ परेका छन् ।
पक्राउ २ जनालाई कैद भुक्तानीको लागी वीरगञ्ज कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक अर्बभन्दा बढी बजेटका परियोजनाको अब नियमित अनुगमन हुने
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग
-
गगनलाई रविको चुनौती : सहकारीबाट ऋण लिएको प्रमाणित गर्नुस् राजनीति छोड्छु
-
संसद्मा राष्ट्रपतिलाई कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
-
गृहमन्त्री लामिछानेलाई रोष्टममा जान कांग्रेसको अवरोध
-
ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक