न्युयोर्कमा १७ नेपालीहरु सम्मानित
अमेरिकाको न्युयोर्कमा १७ नेपालीहरु सम्मानित भएका छन् । समाजमा योगदान पुर्याएका १७ नेपाली व्यक्तित्वहरुलाई 'अतिथी सम्मान २०१९ 'द्वारा र युवा प्रतिभाहरुलाई 'युवा प्रतिभा पहिचान पुरस्कार' द्वारा सम्मान गरिएको हो ।
'अतिथी सम्मान' द्वारा कदर गरिएका ब्यक्तित्वहरुमा शेर्पा किदूग न्यू योर्कका अध्यक्ष सामाजिक अभियन्ता उर्गेन शेर्पा (न्यू योर्क), घ्याल्सुम्दो सेवा संस्थाकि अध्यक्ष सामाजिक अभियन्ता निमा लामा (न्यू योर्क), पंडित उद्धव शास्त्री (न्यू योर्क), सामाजिक अभियन्ता केशवराम राई (न्यू योर्क), सुपरिचित चित्रकार बिमल नेपाल (बोस्टन) नृत्य निर्देशक बिजयमान नकर्मी (न्यू योर्क), नायक बिक्रान्त बस्नेत (न्यू योर्क) तथा चर्चित गायक शिव परियार (नेपाल) रहेका छन् ।
यसैगरी उक्त समारोहमा वरिष्ठ मिथिला चित्रकार अजित शाह (नेपाल), कलाकार कबिना महर्जन (न्यू जर्सी), सामाजिक अभियन्ता शर्मिला थापा मगर (न्यू योर्क) र मिसेस नेपाल टुरिज्म २०१९ बिजेता छिरिङ डोल्मा शेर्पा (नेपाल) लाई सम्मानित गरिएको छ । त्यसैगरी, 'युवा प्रतिभा पहिचान पुरस्कार' बाट नेपाली हिपहप नृत्यकि अभियन्ता कोरियोग्रफर जेनिशा डङ्गोल महर्जन (नेपाल), मेधावी विध्यार्थीहरु राज बज्राचार्य (न्यू योर्क) र जेम्स कर्माचार्य (न्यू योर्क)प्रतिभाशाली वाल कलाकारहरु जारा रीत प्रशाई (न्यू योर्क) र सिम्रन अधिकारी (न्यू योर्क) लाई सम्मान गरिएको छ ।
उक्त समारोहमा प्रमुख अतिथीको रुपमा उपस्थित संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत राईले सम्मानित ब्यक्तिवहरुलाई कदर पत्र र जर्सी सिटी नगर प्रमुखका सल्लाहकार डा. बिष्णुमाया परियारले परम्परागत खादाद्वारा सम्मान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
-
सर्वदलीय बैठकमा रवि लामिछानेले गरे भारत भ्रमणबारे ब्रिफिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण