सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण

सोमबार, २५ जेठ २०८३, १२ : ४४
सोमबार, २५ जेठ २०८३

सारांश

  • सांसद रञ्जित कर्णले नागढुङ्गा सुरुङ मार्ग निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन नसक्नु सरकारी व्यवस्थापकीय कमजोरी भएको बताएका छन् ।
  • उनले सुरुङ मार्ग एक वर्षअघि नै तयार भए पनि अपरेसन र मेन्टेनेन्सको टिम निर्माण सकिएपछि मात्र खोज्दा जनताले प्रयोग गर्न नपाएको उल्लेख गरे ।
  • उनले मेलम्ची आयोजनामा भएको ढिलाइ जस्तै ठुला आयोजनाहरूमा हुने ढिलाइले मुलुकलाई ठुलो आर्थिक भार थपिएको र समयमै काम सम्पन्न गर्ने नजिर स्थापित गर्नुपर्ने सुझाव दिए ।

काठमाडौँ । सांसद रञ्जित कर्णले नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य सम्पन्न भइसक्दा पनि सञ्चालनमा आउन नसक्नु सरकारी व्यवस्थापनको कमजोरी भएको बताएका छन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै कर्णले निर्माण सकिएपछि मात्र सञ्चालनका लागि टिम खोज्ने प्रक्रियाले आयोजना अलपत्र परेको उल्लेख गरे ।

‘सुरुङ मार्ग एक वर्षअघि नै तयार भएको हो, तर अहिलेसम्म जनताले प्रयोग गर्न पाएका छैनन्,’ कर्णले भने, ‘निर्माण सकिएपछि मात्र अपरेसन र मेन्टेनेन्सको टिम खोज्नुले सरकारी अदूरदर्शिता देखाउँछ । यो काम एक वर्षअघि नै गर्नुपर्थ्यो ।’

उनले नेपालका ठुला आयोजनाहरूमा साइट क्लियरेन्स र ईआईए प्रक्रियामा हुने ढिलाइले मुलुकलाई ठुलो आर्थिक भार थपिएको बताए । मेलम्ची आयोजना २७ वर्ष ढिलो हुँदा भएको मूल्य वृद्धिको पैसाले सिड्नीमा एउटा सुरुङ र एयरपोर्ट बन्न सक्ने तथ्य पेस गर्दै उनले समयमै काम सम्पन्न गर्ने नजिर स्थापित गर्न सुझाव दिए । 

उनले जग्गा अधिग्रहण नगरी रेलवेको ठेक्का लगाउने जस्ता बेथिति रोक्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप