सर्वदलीय बैठक
सर्वदलीय बैठकमा रवि लामिछानेले गरे भारत भ्रमणबारे ब्रिफिङ
सोमबार, २५ जेठ २०८३, १२ : ३४
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् सचिवालय सिंहदरबारमा भएको सर्वदलीय बैठकमा भारत भ्रमणबारे ब्रिफिङ गरेका छन् ।
- बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल भएको र संसदमा जारी गतिरोध अन्त्यका लागि समेत छलफल भएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
- सर्वदलीय बैठकको माध्यमबाट संवाद सुरु गरेकोमा सहभागी दलका नेताहरूले स्वागत गरेका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमणबारे ब्रिफिङ गरेका छन् । आज संसद् सचिवालय सिंहदरबारमा भएको सर्वदलीय बैठकमा सभापति लामिछानेले भारत भ्रमणबारे ब्रिफिङ गरेका हुन् ।
बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल भएको रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठकमा सहभागी सबै दलका नेताहरूले सर्वदलीय बैठकको माध्यमबाट संवाद सुरु गरेकोमा स्वागत गर्दै राजनीतिक विषयमा छलफल भएको उनले बताए ।
सभापति लामिछानेले संसदमा जारी गतिरोध अन्त्यका लागि समेत छलफल गर्नुभएको महामन्त्री बुर्लाकोटीले बताएका छन् । लामिछानेले समसामयिक राजनीतिका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ : ज्ञानेन्द्र शाही
-
फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते
-
कलाकारको नाम र स्टारडमले मात्र फिल्म चन्दैन : गौरी मल्ल
-
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्छ : वर्षमान पुन
-
ट्रम्पले ह्वाइट हाउसमा आयोजना गर्न लागेको यूएफसी फाइट रोक्न मुद्दा दायर
-
प्राइम कमर्सियल बैंकले जित्यो महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण