चाबहिल–साँखु सडकखण्डको निरीक्षणपछि माधव नेपाल : ठेकेदारहरुमा डर हरायो
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले ठेकेदारहरुमा डर हराएका कारण अराजकता बढेको बताएका छन् ।
चावहिल–साँखु सडकखण्डको निरीक्षणपछि बोल्दै नेता नेपालले काम नगर्ने ठेकेदारलाई दण्डभन्दा बढी माफी दिने प्रवृतिका कारण उनीहरुमा डर हराएको र डरनै नभएपछि अराजकता बढेको बताए ।
विश्वका अन्य मुलुकहरुमा काम नगर्नेलाई माफी भन्दा पनि दण्ड सजायबढी हुने भएकाले विकास भएको तर हाम्रो देशमा त्यसको ठिक उल्टो भएका कारण निर्माण आयोजनाहरु समयमै सम्पन्न हुन नसकेको उनले बताए ।
निर्माण सुरु भएको लामो समय वितिसक्दा समेत चाबहिल–साँखु सडकखण्ड कालोपत्रे नभएको सन्दर्भमा नेता नेपालले पहिलो पटकलाई माफी दिइएको र अबपनि काम नभए कडा कारवाही हुने बताए ।
ढिला काम गर्ने प्रवृति, समुन्वयको अभाव, सहयोगित भावनाको कमीका कारण उक्त सडकखण्डमा ढिलाइ भएको भन्दै उनले चैत मसान्तभित्र सम्पन्न गर्न ठेकेदारर्लाइ भनेको बताए । निर्माण सम्पन्न गर्न दिइएको समयसीमा कुर्दै काम गर्ने प्रवृति हाबी भएकोले कुनैपनि कामहरु गुणस्तरिय र समयमा सम्पन्न नहुने उनले बताए ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले सरकार भौतिक पूर्वाधारको क्षेत्रमा तीव्र ढंगले विकास गर्न अगाडि बढेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण