कलम चोरेको विवादमा १२ वर्षीया बालिकाद्वारा १३ वर्षे साथीको हत्या
विद्यालमा कलम चोरेको विषयमा ८ कक्षामा अध्ययनरत दुई बालिकाबीच विवाद भयो । त्यसपछि आरोपी छात्रा (१२ वर्षीया) ले आफ्नो घर नजिकै बस्ने अर्की १३ वर्षीया बालिकाको टाउकोमा फलामको रडले १९ पटक हानिन् जसका कारण बालिकाको घटनास्थलमा नै मृत्यु भयो । घटनापछि आरोपी बालिकाले शवलाई आफ्नो घरको भुईं तल्लामा लुकाइन् । त्यसपछि यसबारे आमालाई जानकारी दिइन् । घटनालाई लुकाउनका लागि आरोपी बालिका र आमाले शवलाई पोखरीमा फ्याँके ।
भारतीय संचारमाध्यममा प्रकाशित यो घटना भारतको जयपुरस्थित राजस्थानको हो । पुलिसले हत्याको आरोपमा बालिकालाई हिरासतमा लिएको छ । उनका आमा–बुवालाई पनि पक्राउ गरिएको छ ।
पुलिस अधिकारी अशोक कुमार गुप्ताका अनुसार जयपुरमा बस्ने छात्रा बुधबार दिउँसोबाट हराएकी थिइन् । त्यसको भोलिपल्ट उनको घरभन्दा करिब ५ सय मिटर टाढा झाँडीमा उनको शव भेटिएको थियो । अनुसन्धानमा पत्ता लागे अनुसार मृत बालिका आरोपी छात्राको घर जान भनेर घरबाट निस्किएकी थिइन् ।
स्रोतका अनुसार पुलिसले जब आरोपी छात्राका आमाबुवाले ती दुई बालिकाबीच झगडा भएकोले १३ वर्षीया बालिका आफ्नो घर नआएको बताए । ती आमाबुवाको बयानपछि पुलिसलाई शंका लागेको उनले बताए । त्यसपछि १२ वर्षीयाको घरमा अनुसन्धान गर्दा मृत बालिकाको कानको झुम्का भेटियो । सोधपुछ कडा गरिएपछि ती बालिकाले आफ्नो अपराध स्विकार गरेको पुलिस अधिकारीले जानकारी दिए ।
आरोपीकी आमाले शवलाई पोखरीमा फ्याँकिन्, बुवाले निकालेः
पुलिसका अनुसार घटनापछि आरोपीले छात्राले आमालाई पूरा घटनाक्रम बताइन् । यी दुईले बालिकाको शवलाई एउटा बोरामा राखेर पोखरीमा फ्याँकिदिए । शव माथि नआओस् भनेर एउटा ठूलो ढुङ्गा पनि बोरासँगै बाँधिदिए । त्यसपछि महिलाले आफ्ना श्रीमानलाई यसबारे जानकारी दिइन् । श्रीमानले बालिकाले मोक्ष नपाउने भन्दै शवलाई पोखरीबाट निकालेर झाडीमा फ्याँकेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण