डाक्टरबाट एक्टर बनेका श्रीराम लागूको निधन
भारतका फिल्म अभिनेता एवं रंगकर्मी श्रीराम लागूको ९२ वर्षको उमेरमा निधन भएको छ ।
सन् १९२७ को नोभेम्बर १६ मा सातारामा जन्मिएका श्रीराम लागू पछिल्लो केही समयदेखि बिरामी थिए ।
सयभन्दा बढी हिन्दी र मराठी फिल्ममा काम गरिसकेका श्रीराम लागूका आफन्त सुनिल महाजनले बीबीसीसँगको कुराकानीमा मंगलबार बेलुका साढे सात बजे पुणेमा उनले अन्तिम सास फेरेको जानकारी दिए ।
सिनेमाबाहेक मराठी, हिन्दी र गुजराती रंगमंचसँग जोडिएका श्रीराम लागूले २० भन्दा बढी मराठी नाटकको निर्देशन पनि गरेका छन् ।
मराठी थिएटरमा उनलाई २० औं शताब्दिको सबैभन्दा उत्कृष्ट कलाकारमा गनिन्छ ।
डाक्टरबाट एक्टरः
४२ वर्षका व्यक्ति जो व्यवसायिक रुपमा नाक, कान, घाँटीका सर्जन हुन् र तरपनि उनी आफ्नो अभिनयलाई आफ्नो पेशा बनाउँछन् । यस्तै थिए डाक्टर श्रीराम लागू ।
पुणे र मुम्बईमा पढ्ने श्रीराम लागूलाई बाल्यकालदेखि नै अभिनयको शौख थियो । पढाईका लागि उनले मेडिकललाई चने र नाटकको सिलसिला त्यहाँ पनि चलिरह्यो ।
मेडिकलको पेशाले उनलाई अफ्रिकासमेत विभिन्न देशमा लिएर गयो । उनी काम सर्जनको गर्दथे तर मनमा अभिनय नै गाढिएको थियो ।
‘नटसम्राट’ नाटकमा उनले गणपत बेलवलकरको भूमिका निभाएका थिए जसले मराठी थिएटरमा अत्यधिक चर्चा बटुलेको थियो ।
वास्तवमा गणपत बेलवलकरको भूमिका यति कठिन मानिन्छ कि यो भूमिका निभाउने धेरै थिएटर अभिनेता गम्भीर रुपमा बिरामी भए । नाटसम्राटको यो भूमिकापछि डाक्टर लागूलाई पनि हृदयघात भएको थियो ।
सिनेमामा अविस्मरणीय भूमिकाः
श्रीराम लागूले हिन्दी र मराठी फिल्ममा विभिन्न अविस्मरणीय भूमिका निभाएका छन् । उदाहरणका लागि सन् १९७७ को फिल्म घरौंदाका ती उमेरदार बस (मिस्टर मोदी) जसले आफ्नो अफिसमा काम गर्ने एक युवती (जरिना वहाब) सँग विवाह गर्छन् ।
जरिना बहाब वास्तवमा अमोल पालेकरसँग प्रेम गर्छिन् तर अमोल पैसाको लालचमा जरिनालाई श्रीराम लागूसँग विवाह गर्न बाध्य बनाउँछिन् । तर बिस्तारै बिस्तारै एक उमेरदार पुरुष र एक युवतीबीच प्रेम अंकुरित हुन्छ, घरौंदा त्यसै विषयवस्तुमा आधारित सुन्दर कहानी हो ।
घरौंदाका लागि उनले फिल्मफेयर सर्वश्रेष्ठ सह अभिनेताको अवार्ड पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण