केन्द्रीय संस्करण

वेदमा राष्ट्रिय झण्डा र त्यसमा सूर्य राखिनुको रहस्य

person explore access_timeपुस ३, २०७६ chat_bubble_outline1

परम्परागत सन्दर्भमा नेपाली जनमनले आत्मसात् गरेको ‘राष्ट्र’ शब्दको अभिप्राय आफ्नो मुलुक र मुलुकका तमाम निवासीहरु हुन् । कुनै खास जातीय, भाषिक, सांस्कृतिक समुदाय होइन । नेपालमा परम्परागत रुपमा चलिआएको ‘राष्ट्र’ शब्द अंग्रेजी भाषाका ‘नेशन’को अनुवाद होइन । यसैले वेदका दृष्टिमा हाम्रो नेपाली अभिप्राय बुझ्दैनबुझी यूरोपेली र तिनका अनुयायीहरुले औंला ठड्याउँदै ‘राष्ट्रवाद’को आलोचना गर्नुको पनि कुनै खास सान्दर्भिकता नेपालमा देखिँदैन ।

वेदमा जनताले बोलेको वहुवचनको लवजमा भनिएको छ । “राष्टमा हामी जागा रहन्छौं । नेताहरु सही पथप्रदर्शनको प्रयास गरुन् । राष्टे वयम् जागृयामः पुरोहिताः स्वहा ।”

“पुरःअग्रे, हितम् करोति इति =पुरोहितः ।” जनताको अगाडि रहेर सवैको हितकारी बाटो पहिल्याउँदै हिँड्ने बुद्धिमान् व्यक्तिलाई वेदले ‘पुरोहित’ भनेको पाइन्छ । त्यसताका सम्भवतः देश र समाजका पथप्रदर्शक नेतालाई पुरोहित भनिन्थ्यो । देश जनता र शासकको हित चिन्तन गर्ने र आवश्यक समयमा आवश्यक दिशानिर्देश गर्ने जिम्मेवारी पुरोहितको थियो । पछि व्यापक प्रयोगमा आएको ‘नेता’ शब्दको अभिप्राय पनि ‘सही बाटो पहिल्याएर जनतालाई डो¥याउने जानकार व्यक्ति’ भनेको हो । महाभारत युद्धका सन्दर्भमा अर्जुनलाई पाण्डव पक्षको नेता भनिएको छ । (नेता मध्यम पाण्डवो भगवतो नारायणस्यांशजः ।) अहिले पुरोहित शब्द ‘पुरेत’मा परिणत भएको छ । ‘नेता’ शब्द आजका जनताका कानमा अपशब्दजस्तो सुनिन थालेको छ । कसैले कसैलाई ठट्टैमा पनि नेताजी भन्यो भने झनक्क झोक्किन्छ । यो सम्बन्धित शब्दका  वाहकहरुका व्यवहारका कारण शब्दहरुमा अर्थ स्खलित हुनुको परिणाम हो । यसलाई भाषाविज्ञानमा अर्थापकर्ष पनि भन्ने गरिएको पाइन्छ ।


जनताको अगाडि रहेर सवैको हितकारी बाटो पहिल्याउँदै हिँड्ने बुद्धिमान् व्यक्तिलाई वेदले ‘पुरोहित’ भनेको पाइन्छ । त्यसताका सम्भवतः देश र समाजका पथप्रदर्शक नेतालाई पुरोहित भनिन्थ्यो । देश जनता र शासकको हित चिन्तन गर्ने र आवश्यक समयमा आवश्यक दिशानिर्देश गर्ने जिम्मेवारी पुरोहितको थियो । पछि व्यापक प्रयोगमा आएको ‘नेता’ शब्दको अभिप्राय पनि ‘सही बाटो पहिल्याएर जनतालाई डो¥याउने जानकार व्यक्ति’ भनेको हो ।


ऋग्वेदलाई संसारको सवैभन्दा पुरानो वाङ्मय मानिन्छ । ‘राष्ट्र’ शब्द र ‘पुरोहित’शब्द प्रथमतः ऋग्वेदमै उल्लिखित पाइन्छन् । ऋग्वेदपछि यजुर्वेदको स्थान छ । यसका संहिताकार याज्ञवल्क्य नेपालकै जनकपुरवासी थिए । उनी राजा जनकका आदरणीय आचार्य थिए । चारमध्ये कान्छो वेद अथर्ववेदको परिशिष्टमा हाम्रो देश नेपालको नाम उल्लेख गरिएको पाइन्छ । यसैले पनि स्पष्ट हुन्छ नेपाल वेदजत्तिकै पुरानो देश हो । ‘भारत’भन्दा धेरै पुरानो देश हो नेपाल ।

जानिफकारहरु भन्छन् वेदका कति सूक्तहरु हिमालयको काख नेपालमै रचिएका हुन् । यी कुरा ती सूक्तले व्यक्त गरिने अर्थबाटै पनि अवगत हुन आउँछन् । वेदका सूक्तकार ठूला ठूला ऋषिहरुमध्ये आधाभन्दा बढी ऋषिहरु नेपालकै विभिन्न गाउँबस्तीमा जन्मेहुर्केका थिए । त्यसका पौराणिक, ऐतिहासिक र भौगोलिक प्रमाणहरु अद्यावधि विद्यमान नै छन् ।

भनिन्छ, त्रेता युगमा अयोध्याका राजा दशरथलाई पुत्रेष्टि यज्ञ गराउने मुख्य आचार्य श्रृङ्गी ऋषि नेपालकै वेत्रवती क्षेत्र अर्थात् आजको रसुवामा घरजम गरेर बस्थे । श्रृङ्गी ऋषिको स्मारक मन्दिर अद्यावधि नुवाकोटका चोकदे गाउँको डाँडाचुलीमा छ । खोजीनीति छैन । संरक्षण पनि छैन । शृङ्गी पनि वेदकालीन ऋषि हुन् ।

नेपालका विभिन्न गाउँबस्ती र शहरमा वेदकालीन रीतिस्थिति, नाचगान, जात्रामात्रा, व्यवहार र चिन्तनका अवशेषहरु आज पनि विद्यमान पाइन्छन् । इन्द्र वैदिक देवता हो । आज पनि इन्द्रजात्रा मनाइने देश दक्षिण एशियामा एक मात्र नेपाल नै हो ।


नेपालका विभिन्न गाउँबस्ती र शहरमा वेदकालीन रीतिस्थिति, नाचगान, जात्रामात्रा, व्यवहार र चिन्तनका अवशेषहरु आज पनि विद्यमान पाइन्छन् । इन्द्र वैदिक देवता हो । आज पनि इन्द्रजात्रा मनाइने देश दक्षिण एशियामा एक मात्र नेपाल नै हो ।


नेपालको राष्ट्रिय झण्डामै पनि वैदिक चिन्तन र प्रयोगको झलक स्पष्ट अनुभूत गर्न पाइन्छ । नेपालकै आकारप्रकारको राष्ट्रिय झण्डा आज संसारमा अन्यत्र कतै कुनै देशको छैन ।

अथर्बवेदको ५।२१।१२, ११।१२।२, र ११।१०।७ऋचाहरुमा राष्ट्रियध्वजको आकार प्रकारको बयान छ । ती ऋचाहरु अनुसार वैदिक कालको राष्ट्रिय झण्डाको रङ् रातो थियो । त्रिभुजाकार र रातो रङ्को त्यस झण्डामा सेतो रङ्गको सूर्यचिन्ह अङ्कित रहन्थ्यो ।

राष्ट्रिय झण्डाको यो रुप हाम्रो हिमाली सांस्कृतिक प्रवृत्तिको प्रतीक थियो ।

वैदिक वर्णन अनुसार त्यसताका रातो रङ्ग प्रेमको प्रतीक मानिन्थ्यो । वाल्मीकीय रामायणपछि यस क्षेत्रका सौन्दर्यशास्त्रीहरुले रातोलाई प्रेमका साथै क्रोधको पनि प्रतीक माने । “रक्तौ च क्रोधरागौ—विश्वनाथ, साहित्यदर्पण ।”


वैदिक झण्डामा सूर्य एवम् प्रकाशपुन्जको अभिप्राय दुइटा थियो । १, वेदले सूर्यलाई प्राणीमात्रको जीवन स्रोत मानेको थियो । आत्मा मानेको थियो । “सूर्य आत्मा जगतस्तस्तुषश्च ।” सूर्यलाई सम्मान गर्नु समस्त जीवन र जगत्लाई सम्मान गर्नु हो । २, सूर्य अर्थात् प्रकाशपुन्जको अभिप्राय केवल उज्यालो मात्र थिएन । निरन्तरको पथप्रदर्शकता पनि थियो ।


वैदिक झण्डामा सूर्य एवम् प्रकाशपुन्जको अभिप्राय दुइटा थियो । १, वेदले सूर्यलाई प्राणीमात्रको जीवन स्रोत मानेको थियो । आत्मा मानेको थियो । “सूर्य आत्मा जगतस्तस्तुषश्च ।” सूर्यलाई सम्मान गर्नु समस्त जीवन र जगत्लाई सम्मान गर्नु हो । २, सूर्य अर्थात् प्रकाशपुन्जको अभिप्राय केवल उज्यालो मात्र थिएन । निरन्तरको पथप्रदर्शकता पनि थियो । तमसो मा ज्योतिर्गमय अर्थात् अन्धकारबाट उज्यालेमा जाऊँ भन्ने वाक्य त वेदको पथप्रदर्शक सिद्धान्त नै हो । यसको अभिप्राय अज्ञानबाट ज्ञानमा जाउँ भनेको पनि हो । वेदले अज्ञानलाई अन्धकार मानेको छ र ज्ञानलाई उज्यालो मानेको छ । वेद शब्दको अर्थ नै ज्ञान हो । जीवन र जगत्को समग्र जानकारी हो । ज्ञान अनन्त छ भन्ने पनि वेदलाई थाहा छ । अनन्ता वै वेदाः । सूर्य ज्ञानको अधिष्ठाता हो । सूर्यको सप्तरङ्गी प्रकाश समग्र ज्ञानको प्रतीक हो । यसै कारण ऋग्वेदको सर्वाधिक प्रसिद्ध मन्त्र ‘गायत्री’ले “हामी सवैको वुद्धिलाई सही दिशामा प्रेरित गरिदिनुहोस्” भनेर सविता सूर्यलाई प्रार्थना गरेको छ ।


प्रकाशपुन्ज सूर्यलाई राष्ट्रिय झण्डामा अङ्कित गर्नुको  अभिप्राय सत्य र ज्ञानप्रतिको  प्रतिवद्धता नै हो । हाम्रै भूमिमा जन्मे हुर्केको भन्न सकिने प्रसस्त आधार रहेको संस्कृति अर्थात् वैदिक संस्कृति नैतिक र आध्यात्मिक विजयको संस्कृति हो । विश्ववन्धुत्वको संस्कृति हो ।


यी सवै सन्दर्भमा हेर्दा प्रकाशपुन्ज सूर्यलाई राष्ट्रिय झण्डामा अङ्कित गर्नुको  अभिप्राय सत्य र ज्ञानप्रतिको  प्रतिवद्धता नै हो । हाम्रै भूमिमा जन्मे हुर्केको भन्न सकिने प्रसस्त आधार रहेको संस्कृति अर्थात् वैदिक संस्कृति नैतिक र आध्यात्मिक विजयको संस्कृति हो । विश्ववन्धुत्वको संस्कृति हो । “मिलेर अघि बढौं मिलेर बोलौं । संगच्छध्वम्, संवदध्वम् ।—ऋग्वेद १०।१९१ २।”
विभिन्न रङ्गहरुको समुच्चय भए पनि सूर्यलाई राष्ट्रिय झण्डामा सेतै रङ्गमा अङ्कित गर्नुको पनि खास अभिप्राय रहेको देखिन्छ । सेतो शान्तिको पनि प्रतीक हो । शक्तिपुन्ज सूर्यलाई सेतो रङ्गमा अङ्कित गर्नुृको तात्पर्य हामी मूलतः शान्तिका उपाशक हौं र आवश्यकता पर्दा शक्ति प्रयोग गर्न पनि पछि पर्दैनौं भन्नु हो । हाम्रो राष्ट्रप्रति वैरभाव राख्ने दुश्मनहरुको दमनका लागि हामी शक्तिको उपयोग गर्छौं । जनहितकारी कार्यका लागि हामी शान्तिको उपयोग गर्छौं । यसरी वैदिक झण्डाले अत्याचारीहरुका विरुद्ध सशक्त सङ्घर्षको पनि स्पष्ट सङ्केत दिएको छ ।

०३ पौष २०७६ 
   

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Dec. 19, 2019, 2:43 a.m. Agni thapaliya
    There must be includes eastern political philosophy in course of study of political science. Similarly, eastern philosophy should be interpreted with analysis of western concept by eastern philosopher (pundit)not by other.
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.