कीरा भनेको के हो ?
हामी सबैले कीरा देखेका छौं। कीरा फट्यांग्राहरु हाम्रा वरिपरि प्रशस्त मात्रामा पाइने गर्छन् । वास्तवमा कीराहरु साना जीवहरु हुन् । यिनीहरुको ६ वटा खुट्टाहरु हुन्छन् । कीराको शरीरलाई तीन भागमा बाँड्न सकिन्छ । ती तीनवटा भागहरुमा टाउको, छाती र पेट पर्छन् । यिनीहरुको खुट्टा छात्तीमा जोडिएका हुन्छन् । कुनै कीराको भने पखेटा पनि हुने गर्छ । फटेङ्ग्रा, कमिला आदि पखेटा भएका कीरा हुन् । कमिलाको चाहिँ सधैं पखेटा हुँदैन । तर जीवनकालमा एक पटक कमिलाको पनि पखेटा उम्रने गर्छ। कीरा संसारको प्रायः सबै ठाउँमा पाइने गर्छ ।
प्रकाश पैदागर्ने कीरा
केही कीराहरुले पनि आफैं प्रकाश पैदा गर्न सक्छ । जुनकीरी त्यस्तै एउटा कीरा हो । त्यस्ता कीराहरुको शरीरमा एउटा विशेष किसिमको रसायन हुन्छ । त्यो रसायन हावामा प्रतिक्रिया हुँदा प्रकाश पैदा हुन्छ । यस्तो कीराले आफूले चाहेको बेलामा रसायन फ्याक्न र रोक्न सक्छ । त्यसैले गर्दा हामीले त्यस्तो कीराबाट पैदा हुने प्रकाश बल्दै र निभ्दै गरेको देख्छौं । यस्तो कीराले प्रकाश पैदा गर्नुको एउटा मुख्य कारण चाहिँ भाले वा पोथीलाई आफूतिर बोलाउनु नै हो ।
Title photo: https://static01.nyt.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दरबाङ सडक कालोपत्र गरियो
-
कपिलको शोमा आउँदैछन् एड शीरन
-
सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत दिन माओवादीले लगायो ह्विप
-
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
-
लाइसेन्स किर्ते मुद्दाका फरार प्रतिवादी ७ वर्षपछि पक्राउ
-
फोहोर व्यवस्थापनमार्फत रोजगारी बढाउन कोइकाले पोखरालाई सवा अर्ब दिने, कसरी हुँदैछ कार्यान्वयन ?